सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)का सांसदलाई ‘ह्वीप’ जारी गरिएको छ । शनिबार सिंहदरबारमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकबाट ह्वीप जारी गरिएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने दिन र राष्ट्रियसभा अध्यक्षको निर्वाचनका बेला अनिवार्य उपस्थितिका निम्ति ह्वीप जारी गरिएको उनले बताए । राष्ट्रियसभा अध्यक्षको निर्वाचन यही फागुन २९ गते हुँदै छ । आइतबार बस्ने माओवादी पदाधिकारी बैठकबाट राष्ट्रियसभा अध्यक्षको उमेदवार टुंगो लगाइने उनले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले आउँदो बुधबार बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन् ।