नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार घटेर प्रतितोला रु एक लाख २५ हजार कायम भएको छ । यसैगरी तेजाबी सुनको मूल्यमा पनि प्रतितोला रु एक हजारले कमी आई प्रतितोला रु एक लाख २४ हजार ४०० मा कारोबार भइरहेको छ । चाँदी प्रतितोला रु ३० ले कमी भई प्रतितोला रु एक हजार चार सय ६५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।
सुन र चाँदी दुवैको मूल्य घट्यो
- Dainik Nepalgunj
- Categories: News
Related Content
बाख्रापालनबाट आत्मनिर्भर बन्दै बाँकेका महिला
by
Dainik Nepalgunj
October 17, 2024
देशमा आजः ८ बजे ८ खबर
by
Dainik Nepalgunj
October 17, 2024
डडेल्धुरामा बस दुर्घटना, चार जनाको मृत्यु
by
Dainik Nepalgunj
October 17, 2024
बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन
by
Dainik Nepalgunj
October 16, 2024
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
by
Dainik Nepalgunj
October 16, 2024