फाइनलमा नेपाल असफल, पिएनजीसँग लज्जास्पद हार

नेपाली क्रिकेट टोलीले फेरी अर्को फाइनल खेल हारेर उपाधिबाट विमुख भएको छ । एक दिन अघि मात्रै ८५ रनको फराकिलो अन्तरले हराएको पपुवा न्यु गिनी (पिएनजी) अघि फाइनल खेलमा नेपाली ब्याटरले निराशाजनक प्रदर्शन गर्दा ८६ रनको लज्जास्पद हार ब्यहोरेको छ ।

सन्दीप जोराले १७, आरिफ शेखले १५, रोहित पौडेलले १२ रन नै मुख्य योगदान रह्यो । बाँकीले दोहोरो अंक समेत जोड्न सकेनन् । पिएनजीका बलरहरूमा काबुवा मोरिया, सेमो कामिया, चाद सुपर र सेसे बाउले २/२ विकेट लिए । एलेइ नाउले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पिएनजीले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १७१ रन जोडेको थियो । जसमा पिएनजीका तर्फबाट ओपनर टोनी उराले ३७ बलमा ६१ रन, हिला भारेले २१ बलमा १८ रन, अलेई नाउले १० बलमा ३० रनको योगदान दिए ।

बलिङमा कुशल भुर्तेले चार ओभरमा २४ रन खर्चिएर तीन विकेट लिए भने आकाश चन्दले चार ओभरमा ४१ रन खर्चिएर तीन विकेट, करन केसीले चार ओभरमा ३२ रन खर्चिएर एक विकेट र गुल्शनले एक ओभरमा ११ रन खर्चिएर एक विकेट लिएका थिए ।

Exit mobile version