होस्टेलकी सञ्चालिक रेग्मी पक्राउ

होस्टलमा बस्नेमाथि कुटपिट गरेको आरोपमा विराटनगर महानगरपालिका-८ मधुमारास्थित मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु रेग्मी पक्राउ परेकी छन् । रेग्मीले विराटनगर नर्सिङ क्याम्पसमा बीएनएस र बीएस्सी नर्सिङ अध्ययनरत तीन जना छात्रामाथि हातपात र दुर्व्यवहार गरेकी थिइन् ।

उनले छात्रामाथि गरेको दुर्व्यवहारका भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि पीडितले उजुरी दिएका थिए । उजुरीपछि रेग्मीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । रेग्मीलाई प्रहरीले अभद्र व्यवहारको मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ । होस्टेलमा बसिरहेका विद्यार्थीहरुले अग्रीम रकम दिन नमानेपछि रेग्मीले उनीहरुका सामान कोठाबाट बाहिर फ्याँक्दै हातपातसमेत गरेकी थिइन् ।

दुर्व्यवहारमा परेका विराटनगर नर्सिङ क्याम्पस पहिलो वर्षमा भर्ना भएका जुम्ला, पाल्पा र कञ्चनपुर घर भएका विद्यार्थी हुन् । उनीहरु उक्त होस्टेलमा फागुन ३ देखि बसिरहेका थिए । उनीहरुले चैत ३ सम्मको लागि अग्रीम ८ हजार रुपैयाँ बुझाएका थिए ।

Exit mobile version