बाँकेका सञ्जयसहित रुसी सेनामा थप सातजना नेपालीको मृत्यु

परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ति भएका बाँकेका सञ्जय केसीसँगै थप सातजना नेपाली मारिएको पुष्टि गरेको छ । योसहित मृत्यु हुनेको संख्या १९ पुगेको छ । मन्त्रालयले बिहीबार एक विज्ञप्ति निकाल्दै सातजना नेपाली मारिएको पुष्टि गरेको हो ।

मन्त्रालयबाट जारी विज्ञप्ति अनुसार मारिने नेपालीहरूमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नविन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान छन् । यसअघि रुसी सेनामै गएका १२ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो ।

Exit mobile version