अझै सम्हालिन सकेन होटल व्यवसाय

People in cafe flat vector illustration. Cartoon friend or couple characters sitting at tables, dining and talking, ordering dinner food from waiter in restaurant cafeteria interior isolated on white

होटल व्यवसायी संघ बाँके नेपालगन्जले आफ्नो १९ औं बार्षिक साधारणसभा आज शुक्रबार औपचारिक कार्यक्रम बीच आयोजना गर्दैछ । यसै सन्दर्भमा दैनिक नेपालगन्जसँगको सम्पर्कमा होटल व्यवसायीले बाँकेको होटल व्यवसाय क्षेत्र अझै आशालाग्दो हुन नसकेको बताएका छन् ।

संघीयता र कोरोना पछि ओरालो लागेको बाँकेको होटल व्यवसाय अझै पनि पूर्ववत् अवस्थामा फर्किन नसकेको बाँकेका होटल व्यवसायीहरूले बताएका छन् । कतिपय होटल बन्द भएको र कतिपय बन्द हुने अवस्थामा रहेको होटल व्यवसायी बताउँछन् ।

‘यहाँबाट सरकारी, गैर सरकारी कार्यालय सरेर गएपछि बाँके आउने मानिसहरूको संख्यामा ह्वात्तै कमी आयो’, होटल व्यवसायी भन्छन्, ‘त्यसपछिको कोरोनाले व्यवसायलाई शुन्यको अवस्थामा पुर्यायो ।’ अहिले चाडपर्वका बेला होटल चलेपनि अन्य बेला खर्च धान्न धौधौ हुने अवस्था रहेको बताउँछन् । ठूला होटलहरू क्यासिनो, वैवाहिक कार्यक्रम तथा विभिन्न इभेन्टका कारणले चलेपछि साना र मध्यम खालका होटल बर्षभरीको खर्च धान्न नै समस्या हुने, निर्वाहमूखि रूपमा मात्रै चल्ने गरेको होटल व्यवसायी बताउँछन् ।

होटल व्यवसायी संघ बाँकेका प्रवक्ता एकराज पाण्डेय नेपालगन्जमा मानिसहरूको आवातजावत घट्नुको प्रत्यक्ष असर होटल व्यवसायमा परेको बताउँछन् । ‘यहाँ न मानिस घुम्न आउँछन्, न त यहाँ पहिले जस्तो सरकारी, गैर सरकारी कार्यालय छन्’, उनी भन्छन्, ‘सीमित होटल चले पनि अधिकांसमा समस्या छ ।’

होटल व्यवसायी संघका निवर्तमान अध्यक्ष समेत रहेका केन्द्रीय सदस्य भीमलाल कंडेल अहिले पनि कोभिड पछि सम्हालिने आशा गरेको होटलहरू त्यसपछि पनि चल्न नसकेको बताउँछन् । ‘अपेक्षा गरेअनुसार होटल चलेका छैनन्’, उनी भन्छन् ।

होटल व्यवसायी संघ लुम्बिनी प्रदेश अध्यक्ष भाष्कर काफ्ले अब बाँकेका होटल पुरानै अवस्थामा चलायमान हुने सम्भावना निकै कम रहेको बताउँछन् । ‘तत्कालीन मध्य र सुदूरपश्चिमबाट नेपालगन्ज ओइरिनेहरू अहिले आउन छाडेका छन्’, उनी भन्छन्, ‘संघीयता र कोरोनाका मारमा परेका होटल अहिले पनि सम्हालिन सकेका छैनन् ।’ उनले केही होटल चलेपनि फष्टाउने अवस्था नरहेको बताउँछन् । ‘नेपालगन्जलाई पुनः चलायमान बनाउने, यहाँ मानिसहरू आउने अवस्था नबनाइँदासम्म होटललाई समस्या नै हुनेछ’,

Exit mobile version