उद्योग मन्त्री दामोदर भण्डारीले एक बर्षभित्र नौबस्ता औद्योगिक क्षेत्रको टेण्डर भएर काम सुरु हुने बताएका छन् ।
शुक्रबार नेपालगन्जमा आयोजित एउटा कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले नौबस्तमा केही काम भएपछि आगामी एक बर्षभित्र टेण्डर गरी काम सुरु गरिसक्ने बताएका हुन् । उनले शुक्रबार नै नौबस्ता पुगेर त्यहाँको स्थलगत अनुगमन गर्ने बताएका थिए । नौबस्ता औद्योगिक क्षेत्रमा रहेको सुकुम्बासी बस्तीका बारेमा उनले व्यवस्थित बस्ती विकास गरेर अगाडि बढ्न सकिने बताएका थिए ।
मन्त्री भण्डारीले औद्योगिक वातावरणका लागि आवश्यक ऐन, कानुन दु्रत गतिमा बनाउने बताए । ‘औद्योगिक वातावरण बनाएर लगानी भित्र्याउन फाष्ट ट्रयाकबाट ऐन, कानुन ल्याउने छौं, संशोधन गर्नुपर्ने विधेयक मार्फत गर्छौ’, मन्त्री भण्डारीले भने ।