कञ्चनपुरको लालझाडी गाउँपालिका-४ जाँईबाट १५ गोलिया सालको काठसहित एकजना पक्राउ परेका छन् । प्रहरीले शुक्रबार जाँई शिविरमा बस्ने जितेश रानालाई राँगा गाडामा काठ ढुवानी गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीका अनुसार बरामद गरिएको करिब २१ क्युविक फिट काठसहित पक्राउ परेका व्यक्तिलाई डिभिजन वन कार्यालयलाई बुझाइएको छ । यसैगरि कृष्णपुर नगरपालिका ४ बैलकुण्डीबाट भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । प्रहरीले बिहीबार मोहन रानालाई अबैध एकनाले भरुवा बन्दुक सहित पक्राउ परेको हो ।
आफ्नै डस्नामुनि उक्त बन्दुक लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको डांगीले बताए ।