सिआइवी प्रमुखबाट बज्राचार्यलाई हटाइयो

सुन काण्डको छानबिनमा त्रुटी गरेको निष्कर्ष छानबिन आयोगले दिएरपछि सरकारले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुखको जिम्मेवारीबाट एआइजी किरण बज्राचार्यलाई हटाएको छ ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले बज्राचार्यलाई नेपाल प्रहरीको कार्यालय कार्यविभागमा सरूवा गरिएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । कार्यविभागको नेतृत्व गरिरहेका श्याम ज्ञवालीलाई सिआवीको जिम्मेवारी दिइएको छ ।

सुन तस्करीबारे छानबिन गर्न पूर्ण न्यायाधीश डिल्ला आचार्यको संयोजकत्वमा गठित आयोगले छानबिनका क्रममा सिआइबीबाट गम्भीर त्रुटी भएको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो । सिफारिस अनुसार बज्राचार्यलाई त्यहाँबाट हटाइएको हो । सरकारले छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयसमेत गरेको शर्माले जानकारी दिइन् ।

Exit mobile version