राप्ती नदी सुन्दर र सफा राख्ने उद्देश्यले सञ्चालन गरिएको राप्ती सरसफाइ अभियान शनिबार आठौँ सप्ताहमा पुगेको छ । नेपालगन्ज ग्यालरी र क्लीन नेपालगन्ज, ग्रीन नेपालगन्जको संयुक्त प्रयासमा प्रत्येक शनिबार राप्ती सरसफाइ हुँदै आएको छ । सोहीअनुसार आज पनि राप्ती नदी सरसफाइ गरिएको छ ।