ब्रोइलर कुखुराको चल्ला बरामद

भारतबाट अवैध रुपमा भित्र्याइएको कुखुराको चल्ला प्रहरीले बरामद गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका १८, २० र डुडुवा गाउँपालिकाबाट प्रहरीले ५९ पेटी (५ हजार ९ सय वटा) चल्ला बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रहरीले ढुवानीमा प्रयोग भएको अटो पनि नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

बरामद कुखुराको चल्ला, अटो र मानिसहरु थप कारवाहीका लागि पशु क्यारेन्टाइन कार्यालय बाँकेमा बुझाएको प्रहरीले जानकारी दिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ बाट प्रहरीले ८ केजी माछा भारतबाट ल्याएको फेला पारेपनि बरामद गरेको छ ।

Exit mobile version