कर्मचारी मिलन केन्द्रमा पाण्डे

कर्मचारी मिलन केन्द्र बाँकेले गोविन्द प्रसाद पाण्डेको अध्यक्षतामा कार्यसमितिलाई पूर्णता दिएको छ । हुलाक कार्यालय बाँकेका प्रमुख पाण्डेको अध्यक्षतामा केन्द्रको उपाध्यक्षमा तिलक न्यौपाने (कार्यालय प्रमुख खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँके), सचिवमा डा. सुमन खनाल (फर्म व्यवस्थापक कुखुरा विकास फर्म खजुरा बांके), सहसचिवमा अमित भुषण सुमन (कार्यालय प्रमुख खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय नेपालगन्ज), कोषाध्यक्षमा डा. गिता रेग्मी (कार्यालय प्रमुख बांके आयूर्वेद स्वास्थ्य केन्द्र) रहेका छन् ।

मिलन केन्द्रको सदस्यमा नेपाल राष्ट्र बैंक शाखा नेपालगन्ज उप निर्देशक भिमार्जुन शाह, औषधी व्यवस्थापक औषधी व्यवस्था कार्यालय नेपालगन्जका प्रमुख निनु श्रेष्ठ, खाद्य अनुसन्धान अधिकृत खाद्य आयात तथा निर्यात कार्यालय नेपालगन्जका सन्तोष दाहाल, कृषि अनुसन्धान अधिकृत कृषि अनुसन्धान निर्देशनालय खजुरा बाँके सुमन बोहरा, नेपालगञ्ज औद्योगिक क्षेत्र बाँकेका प्रमुख प्रकाश केसी, वाणिज्य कार्यालय नेपालगन्जका प्रमुख विष्णु धिताल, उच्च अदालत तुलसीपुर इजलास नेपालगन्जका शाखा अधिकृत बीर बहादुर बि.क., नेपालगन्ज उपमहानगरपालिकाका दिपेन्द्र श्रेष्ठ सदस्य चयन भएका छन् ।

केन्द्रका प्रमुख सल्लाहकारमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका मुख्य न्यायाधीश चन्द्र बहादुर सारु, जिल्ला न्यायाधीश भीष्मराज प्रसाई लगायत रहेका छन् ।

कार्यक्रम बीच बाँकेका विभिन्न कार्यालयमा सुरुवा भएर आएका कर्मचारी तथा कार्यालय प्रमुखलाई स्वागत पनि गरिएको थियो ।

Exit mobile version