निर्माण व्यवसायीको नेतृत्वमा उपाध्याय

बाँके निर्माण व्यवसायी संघको अधिवेशनले लिलाराज उपाध्यायको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको छ । सोमबार भएको निर्वाचनका क्रममा आवश्यक पदहरूमा मात्रै उम्मेदवारी परेकाले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित भएको घोषणा निर्वाचन समितिको कार्यालयले गरेको हो ।

सर्वसम्मत नवनिर्वाचित बाँके निर्माण व्यवसायी संघको कार्यसमितिमा टंक बहादुर खड्का वरिष्ठ उपाध्यक्ष, दिनकर भट्टराई प्रथम र पूर्ण बहादुर राना द्वितीय उपाध्यक्ष निर्वाचित भएका छन् ।

भुपाल ओली महासचिव निर्वाचित भएको संघमा नरेश बहादुर शाही नीतिगत उपमहासचिव, मुहतयार कबडिया आन्तरिक उपमहासचिव र बालकृष्ण शाह कोषाध्यक्ष तथा माधव कुमार शाही सहकोषाध्यक्ष निर्वाचित भए ।

नैन बहादुर ओली, भोजराज पनेरु, भीम बहादुर शाही, अञ्जनी कुमार गुप्ता, मान बहादुर खड्का, बल बहादुर खड्का, विकास सापकोटा कार्यसमिति सदस्य निर्वाचित भएका छन् ।

महिला सदस्यमा मिना खत्री निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

Exit mobile version