हावाहुरीका कारण उडान अवरुद्ध हुँदा नेपालगन्जमै राेकिएका उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ साढे तीन घण्टा ढिलाे गरी नेपालगन्जबाट काठमाडाैं उडान भरेका छन् । उनले यति एयरलाइन्सकाे जहाजमा ५ः३० बजे नेपालगन्जबाट उडान भरेका विमानस्थल सुरक्षाकर्मीले जनाएका छन् ।
सडक विभागको कार्यक्रममा सहभागी हुन् आएका मन्त्री महासेठ मंगलबार दिउसो २:०० बजेको यति एयरलाइन्सबाट काठमाडौं जाने तयारी थियो । तर हावाहुरीका कारण उडान हुन सकेकाे थिएन ।