समाधान भयो फेसबुकमा देखिएको समस्या       

सामाजिक सञ्जाल फेसबुकमा देखिएको समस्या समाधान भएको छ । बुधबार राति प्रयोगकर्ताहरूले अरूको कभर फोटो नदेखाएको, सर्च हिस्ट्री नदेखिएको, स्टोरी लोड नभएको जस्ता गुनासो गरेका थिए ।

अहिले सबै समस्या समाधान भएको बताइएको छ । यद्यपि, कतिपय प्रयोकर्ताहरूले अझै समस्या देखिरहेको बताएका छन् । सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा विश्वभरका हजारौँ प्रयोगकर्ताले फेसबुक मेसेन्जर एपमा अरूलाई अनलाइनमा नदेखाएको गुनासो गरेका थिए ।

यसअघि फागुन २२ गते फेसबुकमा समस्या आएको थियो । त्यतिबेला केही समयका लागि फेसबुक पूर्णरूपमा बन्द भएको थियो ।

Exit mobile version