बिहे गरेर महिलालाई भारततर्फ लगेको आरोपमा युवक पक्राउ

बिहे गरेर मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले नवलपरासीको कावासोती नगरपालिका-८ घर भई पोखरा बस्दै आएका ३६ वर्षीय दुर्गाबहादुर पौडेललाई मंगलबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेकी एक युवतीसँग पौडेलको बसमा चिनजान भएको थियो । सो क्रममा युवतीले आफ्नी बहिनी मृगौला रोगी रहेको बताएकी थिइन् । पौडेलले आफूले उपचारमा सहयोग गर्ने बताएर विश्वासमा पारेका थिए ।
मृगौलाको डाक्टर चिनेको र उपचारका लागि आफूले ७० लाख रुपैयाँ सहयोग जुटाइदिएको भन्दै युवतीसँग बिवाह गरेको पाइएको मानव बेचबिखन ब्यूरोले जनाएको छ ।

Exit mobile version