तुइन मुक्त कालिकोट

कालीकोटलाई तुइन मुक्त जिल्ला बनाइएको छ । यहाँका नदीहरूमा बनाएका तुइन हटाएर  झोलुङ्गे पुल निर्माण भएपछि कालिकोट तुइन मुक्त भएको छ । दश बर्षे द्वन्द्वका क्रममा भएका पुल समेत काटेका कारणले कालीकोटका धेरै ठाउँमा तुइन त्यो पनि बाबियाको डोरीको सहयोगमा बनेका थिए । २०५७ मङ्सिर १३ गते राती इलाका प्रहरी कार्यालय कोटवाडा आक्रमण गर्ने क्रममा सदरमुकाम मान्मबाट थप सेना र प्रहरी गाउँ आउन नसकोस् भनेर माओवादीले रसायन प्रयोग गरेर रेगिंल, लालीघाट, भात्तडीसहितका कर्णाली नदीमाथिका झोलुङ्गे पुल काटेका थिए । पुल काटिएपछि स्थानीयले माओवादीको अनुमतिमा बाबियाको डोरीको तुइन बनाएर नदी वारपारको जोहो गरे । तुइन तर्ने क्रममा स्थानीय प्रभजित रोकाया सहित पाँच जना कर्णाली नदीमा बेपत्ता भएका थिए ।

Exit mobile version