- बलात्कार आरोपमा बर्दियाको बाँसगढी नगरपालिका-४ का वडाध्यक्ष कृष्णप्रसाद बास्तोला पक्राउ परेका छन् । बाँसगढी नगरपालिकाकी २० वर्षीया महिलालाई बलात्कार गरेको उजुरीको आधारमा उनी पक्राउ परेका हुन् ।
- सरकारले बाँसबारी छाला जुत्ता उद्योगबाट च्याम्पियन फुटवेयरका नाममा गएको १० रोपनी जग्गा सरकाकै नाममा कायम गर्ने निर्णय गरेको छ । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले तत्कालीन अबस्थामा च्याम्पियन फुटवेयरका नाममा गएर अहिले चाँदबाग रेसिडेन्सी प्रालिका नाममा रहेको जग्गा सरकारको नाममा कायम गर्ने निर्णय गरेको हो ।
- नेपालकै पहिलो संरक्षित वन काँक्रेविहार संरक्षित वन क्षेत्रभित्र वन्यजन्तु भने असुरक्षित छन् । वीरेन्द्रनगर नगरपालिका-९, लाटीकोइलीमा रहेको सो क्षेत्रमा महिनैपिच्छे संरक्षित जनावर जरायो मर्ने गरेका छन् । जसका कारण संरक्षित वनमा वन्यजन्तु असुरक्षित बनेका हुन् ।
- सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा शुक्रबार हाजिरी जमानीमा रिहा भएका छन् ।
- रूकुम पश्चिमको प्रभु बैंक आठबिसकोट शाखामा एक करोड बढी आर्थिक अनियमितता गरी फरार भएका अपरेसन इञ्चार्ज निरजविक्रम शाहलाई छिमेकी देश भारतमा पक्राउ गरेपछि नेपाल ल्याइएको छ । उनी माघ २१ गतेदेखि सम्पर्कविहीन थिए । भारतीय प्रहरीको सहयोगमा शाहलाई गोवा हुँदै हवाई जहाजबाट लखनउ ल्याइएको थियो । लखनउबाट उनलाई ट्याक्सी रिजर्भ गरी नेपाल ल्याइएको हो ।
- नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश प्रमुखलाई शुक्रबार पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएको हो ।
- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सचिवालय बैठक आह्वान गरेको छ । यही चैत ११ गतेका लागि बैठक आह्वान गरिएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठक ११:३० बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।
- बाँदरको आतंक र अचाक्ली रोक्न अर्घाखाँचीमा भोटे जातका कुकुर बाँड्न सुरु गरिएको छ । खेतबारीमा अन्नबाली, फलफूल र तरकारी बाँदरले नोक्सानी गरेर हैरानी पारेपछि यसको रोकथामका लागि बुधबारबाट कुकुर बाँड्न थालिएको पाणिनि गाउँपालिका–२ का वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताए ।