खजुरामा योग सेवा सुचारु

बाँकेको खजुरामा योग सेवा सुचारु गरिएको छ । आयुर्वेद शाखा खजुरामा योग सेवा सुचारुको उद्घाटन गरिएको हो । पतन्जली योग समिति नेपाल खजुराको प्राविधिक सहयोग तथा आयुर्वेद शाखा खजुराको आयोजनामा योग सेवाको सुभारम्भ गरिएको हो । योग सेवा शुभारम्भको खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले गरिन ।

नियमित योग गर्नका लागी आयुर्वेद शाखाले सेवाको सुभारम्भ गरेको शाखा प्रमुख किरण खनालले जानकारी दिए । शाखाले चालु आर्थिक वर्षमा ६८९९ जनालाई ओपिडी मार्फत स्वास्थ्य परिक्षण सेवा प्रदान गरिसकेको छ । शाखाले जेष्ठ नागरिक सेवा अन्तरर्गत १४९१ जनालाई सेवा प्रदान गरेको शाखा प्रमुख खनालले बताए । ६ महिना भित्रका सुत्केरी आमाहरुलाई दुग्ध पदार्थ औषधि समेत २० जनालाई वितरण गरिसकिएको छ । आयुर्वेद शाखाले योग शिविर तथा परामर्श सेवा प्रदान गर्दै आइरहेको छ जसमा चालु आथिृक वर्षभित्र मात्रै ८५१ जनाले सेवा लिएको शाखा प्रमुख खनालले जानकारी दिए ।

खजुरा गाउँपालिका अन्तरर्गतका सामुदायिक ५ वटा विद्यालयका ५०६ जना विदार्थिहरुलाई आयुर्वेद शिक्षा, स्वास्थ्य जिवनशैली, स्थानिय स्तरमा पाइने जडिबुटीहरुको जानकारी र योग अभ्यास गराइएको शाखाले जनाएको छ । लामो समयदेखि पंचकर्म, पुर्वकर्म ९थेरापी० सेवा दिन प्रयासरत रहेको आयुर्वेद शाखाले कर्मचारी व्यवस्थापन गरी केहिदिन भित्रै उक्त सेवा समेत प्रदान गर्न लागेको छ ।

शाखाले दैनिकजसो मलद्धारमा हुने रोगहर, पाइल्स, फिसर, फिस्टुला समबन्धि निशुल्क स्वास्थ्य परिक्षण गर्दे आइरहेको शाखाका कर्मचारी सविना केसीले जानकारी दिइन । शाखाले बेला बेलामा लागु औषध दुव्र्यसनी रोकथाम सम्बन्धि जनचेतना मुलक कार्यक्रम विद्यालयहरुमा दिदै आउको छ । जसमा हालसम्म ५०९ जनालाई उक्त सचेतना जगाइएको आयुर्वेद शाखाले जनायो ।

योग सेवा सुचारु कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष पुर्ण बहादुर भण्डारी, खजुरा गाउँपालिका सामाजिक विकास संयोजक कृष्णा कुमारी पोखरेल, बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. गिता रेग्मी, पंतन्जली योग समिति नेपाल बाँकेका उपाध्यक्ष बोधराज प्याकुरेल, योग गूरु कविराज निरिक्षक गौरिशंकर मण्डल, पंतन्जली योग समिति खजुराका उपाध्यक्ष मधु निरौला, ज्ञान योग निरोग केन्द्र खजुराका संयोजक कल्पना पौडेल लगाउतको उपस्थिती रहेको थियो ।

Exit mobile version