दुर्घटनामा चालक सहित दुईको मृत्यु

मुगु जिल्लाको सदरमुकाम गमगढीबाट सोरु गाउँपालिकाको तारापानी तर्फ जाँदै गरेको गरेका क.प्र. ०२–००१ ज ००५९ नम्बरको जीप सडकबाट सय मिटर तल खस्दा एक चालक र जीप सवार एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
मुगुका सहायक प्रमुख जिल्ला अधिकारी हरि बहादुर खत्रीले दुर्घटनामा मुगु सोरु गाउँपालिकाका एक जना गम्भीर घाइते रहेको जानकारी दिएका छन् । प्रेम नेपाली सामान्य घाइतेलाई घर फर्काइएको छ भने तीन जना गम्भीर घाइतेलाई उपचारका लागि उपचारका लागि सदरमुकाम गमगढी पठाइएको छ ।
दुर्घटनामा मञ्जन नेपाली बेहोस गम्भीर घाइते, हिरा सिंह नेपाली र अर्का एक जना बोल्न सक्ने मध्यम घाइते रहेको बताइन्छ ।

Exit mobile version