नेपालगन्जको दक्षिण सिमापारी भारत उत्तर प्रदेशको बांदा जेलमा रहेका माफिया मुख्तार अन्सारीको बिहीबार राति हृदयघातका कारण मृत्यु भएको छ ।
ग्याङ्गस्टर हुँदै राजनीतिज्ञ बनेका
मुख्तार अन्सारीको जेल ब्यारेकमा स्वास्थ्य बिग्रिएपछि कारागार प्रशासनले उनलाई रानी दुर्गावती मेडिकल कलेजमा ल्याएको थियो जहाँ उनको अवस्था गम्भीर रहेको बताइएको थियोे ।
मुख्तारलाई आईसीयूबाट सीसीयूमा भर्ना गर्नुपर्ने जानकारी आएको थियो । मुख्तारको उपचारका लागि यहाँ ९ चिकित्सकको टोली खटाइएको बताइन्छ । सरकारी निकायबाटै उनको मृत्यु पुष्टि गरिएको छ ।