संवैधानिक परिषद्को बैठकले महालेखा परीक्षकमा तोयम रायालाई सिफारिस गरेको छ । आइतबार विहान भएको परिषद्को बैठकले रायालाई महालेखा परीक्षकमा सिफारिस गरेको हो । हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी राया पूर्वअर्थसचिव हुन् । गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो ।