युवाको धारिलो हतियार प्रहार गरी हत्या

आइतबार विहान नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ बिर्तामा अरबी खाँको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्था शव फेला परेको छ । २१/२२ बर्षीय युवाको कसले किन हत्या गर्यो भन्ने खुलेको छैन ।

बाँके प्रहरी प्रवक्ता, डिएसपी नारायण डाँगीले खाँको घाँटीमा धारिलो हतियारको चोट रहेको बताएका छन् । ‘शव पोष्टमार्टमका लागि भेरी अस्पताल पठाएका छौं’, डिएपी डाँगीले भने, ‘घटनाबारे अनुसन्धान अगाडि बढाएका छौं ।’

Exit mobile version