जयसपुरमा तनाव

नेपालगन्जको जयसपुरमा दुई समूह बीच तनाव भएको छ । बिहीबार एउटा सामान्य विषयलाई लिएर दुई समूह बीच भएको झडपले तनाव सिर्जना गरेको हो ।

नेपालगन्ज–१६ जयसपुर स्थित एउटा मनिन्चेजर अगाडि रहेको निमको हाँगा भाँचेको विषय चर्किदै जाँदा दुई पक्ष बीच झडपको अवस्था सिर्जना भएको थियो । ‘समयमै प्रहरी पुगेर अवस्थालाई नियन्त्रणमा लिएको छ’, बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले दैनिक नेपालगन्जसँग भने ।

झडपमा अन्सारी र कुरेसी दुई पक्ष समूह बनाएर उत्रिएका हुन् । त्यसक्रममा चार जना घाइतेको अस्पतालमा उपचार भैरहेको छ ।

Exit mobile version