लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् ।
शुक्रबार लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको दोस्रो बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत पाएका हुन् । पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । महराको पक्षमा ४८ खस्यो भने विपक्षमा २८ खसेको छ ।
महरालाई एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्तिका ४, जसपाका ३, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र सांसदले पक्षमा मतदान गरेका छन् । कांग्रेस, जनमत पार्टीले विपक्षमा मतदान गरेका थिए । लोसपा र राप्रपा तटस्थ बसेका थिए ।
विश्वासको मत प्राप्त गरेसँगै मुख्यमन्त्री महराले सरकारलाई पूर्णता दिनेतिर कसरत गर्ने बताएका छन् ।