नेपालगन्जमा पुनः संचालनमा आयो संगीतालय

साधन र श्रोतको अभावमा बन्द भएको बाँकेको नेपालगंजमा रहेको सरस्वती संगीतालय आइतबारबाट संचालनमा आएको छ। । विगत २५ वर्षदेखि बन्द रहेको संगीतालयलाई स्थानीय कलाकार श्यामानन्द सिंहले आफुसँग रहेका संगीत सामाग्री सहयोग गरेर संचालनमा ल्याइएको हो । पश्चिम नेपालको एकमात्र संगीत सिकाउने केन्द्रको रुपमा रहेको संगीतालय २०५४ साल देखि बन्द अवस्थामा रहेको संगीतालयका अध्यक्ष विरेन्द्र बहादुर यादव जानकारी दिए । तत्कालिन अवस्थामा संगीतालयको अनवरत सेवा गरेका संगीत प्रशिक्षक रमेश शर्मा र सुरेश शर्माको निधन भएपछि संगीत प्रशिक्षकको अभावमा संगीतलय बन्द भएको कुरा संगीतालय अध्यक्ष यादव बताउँछन ।

संगीतालयमा रहेका संगीताका सामाग्री पुरानो भएको र संचालनको अवस्थामा समेत नरहेको अवस्थामा बाँकेका चित्रकार तथा कलाकार श्यामान सिंहले आफ्नो निजी संगीत सामाग्रीहरु संगीतालयलाई सहयोग गरेसँगै संगीतालय संचालनमा आएको हो । पुनः संचालनमा आएको संगीतालयको आइतबार एक कार्यक्रमका बीच नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेका हुन । उद्घाटनलाई सम्बोधन गर्ने क्रममा प्रमुख विष्टले आगामी बजेटमा संगीतालयका लागि बजेट विनियोजन गर्ने आश्वासन दिए ।

प्रमुख विष्टले नगरपालिका निर्माणधिन रहेको सपिङ् कम्प्लेक्समा संगीतालयका लागि दुईवटा कोठा उपलब्ध गराउने समेत प्रतिवद्धता व्यक्त गर्दै उपमहानगरपालिकाले संगीतालयको अभिभावकत्व ग्रहण गर्ने बताए ।यसैगरी संगीतालयका पुर्व अध्यक्ष तथा हाल भेरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाहले संगीतालयलाई राम्रो बनाउनु र यहाँ बाट राष्ट्रिय अन्तराष्ट्रिय कलाकारहरु उत्पादन आ–आफ्नो स्थानबाट सबैले सहयोग गर्नु पर्ने बताए । कार्यक्रममा बरिष्ठ कलाकार सुन्दर गुरुङ लगायत अन्य कलाकारहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version