बालसुधार गृहमा कोचाकोच

बालसुधार गृहमा धेरै बालकहरू हुँदा कोचाकोचको स्थितिमा बस्न बाध्य छन् । जयेन्दुबालसुधार गृहमा हाल २ सय ४८ जना कानूनी बिवादमा रहेका बालकहरू रहेका छन् ।

जयेन्दु बालसुधार गृहमा दुईवटा भवन रहे पनि हाल एउटा नया भवनमा मात्रै कानूनी बिवादमा रहेका बालकहरूलाई राखिएको छ । उक्त भवनमा सानो ठुलो गरेर ८ कोठा रहेकोमा हाल ५ वटा ठुला हल टाईपका कोठामा बालकहरूलाई राखिएको छ । ति ठुला कोठामा २४ देखि ८० जना सम्मलाई राखिएको छ ।

स्थान अभावमा एउटा बेडमा दुईजना सम्म संगै सुत्नु पर्ने अवस्था रहेको छ । जसका कारण सुधार गृहमा छाला रोगको संक्रमणको समस्या भैरहेको छ ।

करणी मुद्दामा कानूनी बिवादमा परेका बालक बढी

जयेन्दु बालसुधार गृहमा सवैभन्दा बढी करणी सम्बन्धी मुद्दाको कानूनी बिवादमा परेका बालकहरू रहेका छन् । सुधार गृहमा करणी मुद्दामा १ सय ४३, कर्तब्य ज्यानमा ३९, चोरीमा ३६, लागु औषधमा १३ जना, सवारी ज्यानमा ८, कारागार ऐन सम्बन्धी कसुरमा ४, अप्राकृतिक मैथुनमा ३, बालबिज्याई १ जना, अभद्र ब्यवहार १ गरि जम्मा २ सय ४८ जना रहेका छन् ।

प्रेम सम्बन्धमा परकाहरू बीच सहमतिमा करणी भए पनि पछि परिवारले उजुरी गरिदिने, उमेर नपुगी भागी बिवाह गर्ने बालकहरूलाई केटीका अभिभावकले चित्त नबुझाई जवरजस्ती करणीको मुद्दा दिने गरेको बालकहरूले गुनासो गरेका छन् ।

२५ प्रतिशत जति बास्तबिक घटना भए पनि केटाकेटी बीच जातीधर्म, धनी गरिवका कारण अभिभावकले प्रेम सम्बन्ध नस्वीकार्दा जवरजस्ती करणीका मुद्दामा उजुरी दिने गरेको पाइएको अधिवक्ता बसन्त गौतम बताउछन् । बालबालिकामा प्रजनन स्वास्थ सम्बन्धी जानकारी गराउन र अभिभावले बेलैमा आफ्ना बालबालिका उचित शिक्षा र हेरचाह गरेमा घटनामा कमी आउन सक्ने जानकारहरूको भनाइ छ ।

Exit mobile version