बिहीबार विहान जानकी गा.पा. ६ पिपरहवा स्थित राजेश जैनले संचालन गरेको बाहुबली जडिबुटी प्रशोधन उद्योगमा लागेको आगो नियन्त्रणमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरेको छ ।
आगलागी नियन्त्रणमा बाँके प्रहरी प्रमुख, तुल बहादुर कार्कीको कमाण्डमा १ सय १४ जना प्रहरी सहित नेपाली सेना र सशस्त्रको गरी कुल १ सय ६४ जना सुरक्षाकर्मी खटिएका थिए ।
प्रहरीले विहान करिब ७ बजे लागेको आगो दिउँसो पूर्ण रुपमा नियन्त्रणमा लिएको जानकारी दिएको छ । आगलागी नियन्त्रणमा १० वटा दमकल र प्रहरीको एउटा वाटर क्यानन प्रयोग भएको थियो ।