जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालबाट भारत तर्फ लग्दै गरेको ४ सय ५२ प्याकेट चुरोट बरामद गरेको छ ।
प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ बाट प्रहरीले २ जना मानिसलाई ५६ हजार ४८ मूल्य बराबरको चुरोट अवैध रुपमा भारत लग्न थालेको भन्दै नियन्त्रण लिएको हो ।
मानिस र चुरोट दुवै थप कारवाहीका लागि भन्सार पठाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।