गौहत्यारालाई कारवाही गर्न माग

राप्रपा सम्बद्ध युवा संगठनले गौहत्यारा पत्ता लगाएर कानुनी कारवाही गर्न बाँकेको प्रहरी, प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी, बाँके प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुखलाई भेटेर उनीहरूले गौहत्यालाई गम्भीर रूपमा लिएर अनुसन्धान गर्न आग्रह गरेका हुन् ।

आइतबार नेपालगन्ज–१४ मा गर्भवती गाई काटिएको अवस्थामा फेला परेको थियो । राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले गौहत्यारा मात्रै नभई गाईको मासु खरिद गर्नेहरूलाई समेत पक्राउ गरी कानुनी दायरामा ल्याउनु पर्ने बताए । ‘नत्र घटना पुनरावृत्ति हुन्छ, यसले अप्रिय अवस्था निम्त्याउन सक्छ’, उनले भने, ‘अहिले प्रशासनलाई ध्यानाकर्षण गराएका छौं, प्रशासनले सुनुवाई नगरे गौहत्या विरुद्ध आन्दोलन गर्छौं ।’

Exit mobile version