बाँकेको कोहलपुर स्थित नापी र मालोपत कार्यालयबाट बिचौलियालाई नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा इलाका प्रहरी कार्यालय कोहलपुरले ६ जनालाई पक्राउ गरेको हो ।
कोहलपुरको नापी र मालपोत कार्यालयमा विचौलियाहरुले निकै चलखेल भइरहेको जनगुनासो पछि प्रहरी र प्रशासनको टोली त्यहाँ पुगेको थियो ।
कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले पक्राउ परेका व्यक्तिबारे अनुसन्धान भैरहेको जानकारी दिएका छन् ।