नेपालगन्ज स्वीमिङ्ग क्लबले नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिबार भएको क्लबको अधिवेशनबाट केशवराज न्यौपानेको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा सुर्यमणि अधिकारी, उपाध्यक्षमा डा. नितेश कुमार कनोडिया, महासचिवमा सविन घिमिरे, सचिवमा झबिलाल शर्मा, कोषाध्यक्षमा ऋषिराम कंडेल तथा सदस्यहरुमा अमृत प्रसाद श्रेष्ठ, कृष्ण प्रसाद अधिकारी, जीवन शर्मा, चन्द्रराम चौधरी, हरिमाया गुरुङ्ग सर्वसम्मत भएका हुन् ।