ढलानका लागि छुट्टै प्लाई

सयबढी किसिमका प्लाइउड देशविदेश पठाइरहेको नेपालगन्जस्थित शिखर ग्रुप अफ इन्डष्ट्रिजले भवन निर्माणको ढलानमा उपयोगी छुट्टै प्लाई उत्पादन शुरु गरेको छ । ढलानका लागि अहिले प्रयोग भइरहेको परम्परागत प्लाईभन्दा तीन गुणा उपयोगी ग्रीन पीपी प्लाष्टिक कङ्क्रिट शटरिङ प्लाइउड उत्पादन गरेको गरिएको हो ।

‘उत्पादन सफल भएकाले औपचारिक रूपमै लन्च गरि बजार पठाएका छौं,’ नेपालसँगै भारतीय बजारमा समेत उच्च माग रहेको ग्रीन पीपी प्लाई देशभर वितरण शुरु गरिएको जानकारी दिंदै शिखर ग्रुप अफ इन्डष्ट्रिजका प्रवन्ध निर्देशक चम्पालाल बोथराले उत्साहित हुँदै भने, ‘हाम्रो उत्कृष्ट उत्पादन, शिखर ग्रीन पी.पी. प्लास्टिक कन्क्रिट शटरिङ प्लाईवुडको लन्च भएकोमा उत्साहित भएका छौं ।’ उनले यो प्रडक्टले निर्यातको मागलाई समेत बढाउने विश्वास व्यक्त गरे । ‘यसले नयाँ शटरिङ प्लाईवुडको खर्चमा सुधार गर्दछ, र सबैभन्दा धेरै दिन सम्मको जीवनकाल प्रदान गर्छ,’ बोथराले १० प्रतिशत थप मूल्यमा तीन गुणा काम गर्ने नयाँ उत्पादनबारे भने ।

प्लाई उद्योगपति बोथराका अनुसार, बजारमा निर्माण व्यवसायीले प्रयोग गर्ने परम्परागत प्लाई शटरिङका लागि बढीमा ४ देखि १० पटकसम्म प्रयोग गरिंदै आएको छ । आफ्नो नयाँ उत्पादनबारे बोथरा भन्छन्, ‘शिखरको नयाँ प्लाई प्लाष्टिक कोटेड भएकाले त्यसलाई निर्माण व्यवसायीले २० देखि ३० पटकसम्म रियुज गर्न सक्नेछन् ।’

ढलानको लागि गरिने शटरिङकै लागि प्लाष्टिक कोडेट प्लाईउड उत्पादन गरिएको जानकारी दिंदै उद्योगपति बोथराले यसले निर्माण व्यवसायीलाई प्लाई उडको लागत खर्च घट्ने विश्वास दिलाए ।

‘यसले निर्माण क्षेत्रमा सहुलियतसहित ठूलो क्रान्ति ल्याउन सक्छ,’ बोथरा भन्छन्, ‘जब प्लाष्टिक कोटेड प्लाइउड प्रयोग गरिन्छ निर्माण व्यवसायीको लागतमा ३० देखि ५० प्रतिशसम्म कमी आउँछ ।’ शिखरको नयाँ प्लाष्टिक कोडेट प्लाईबाट प्लाष्टरको लागतसमेत धेरै कम आउँने दावी उनको छ ।

नेपाल र भारतीय बजारमा आफुले पहिलो उत्पादन दिन सफल भएको भन्दै शिखरका प्रवन्त्र निर्देशक बोथराले चीनमा मात्रै उत्पादन भएको यसखालको प्लाई उत्पादन प्रविधि नेपालमा आफुुले भित्र्याएको बताए ।

‘हामीलाई निर्माण व्यवसायबारे धेरै कुरा थाहा छ, त्यसैले यो हाम्रो प्राथमिकतामा परेको हो, प्लाईउडमा लामो अनुभव बटुलेका बोथराले दैनिक नेपालगन्जसँग भने, उत्पादन बढाउँदै गएर भारत र तेस्रो मुलुक पनि निर्यात गर्ने योजना छ ।’ पहिलो प्राथमिकता भने नेपाली बजारलाईनै उपलब्ध गराउने रहेको उनको भनाइ छ ।

Exit mobile version