नेपालगन्ज उपमहानगरपालिका–२१ फुल्टेक्रास्थित नयाँबस्तीमा अवस्थित एभरेष्ट प्लाइ ढोका उद्योगमा भएको आगलागीबाट रु पाँच करोडको क्षति भएको छ ।शुक्रबार दिउँसो लागेको आगो शनिबार मात्रै नियन्त्रणमा आएको थियो । सो आगलागीबाट उद्योगका सम्पूर्ण मेसिन, कच्चा पदार्थ र तयारी ढोका जलेर खरानी भएको उद्योगका सञ्चालक प्रकाश रानाले जानकारी दिनुभयो । उहाँका अनुसार उद्योगमा रहेका मेसिन, कच्चा पदार्थ तथा तयारी ढोका जलेर खरानी भएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । शुक्रबार दिउँसो सुरु भएको आगलागी शनिबार नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले बताउनुभयो । उहाँका अनुसार बाँके र बर्दियाका विभिन्न स्थानीय तहबाट ल्याइएका बारुणयन्त्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको प्रयासमा आगो निभाइएको थियो । आगलागीको कारण तथा त्यसबाट भएको क्षतिको विवरण सङ्कलनको काम भइरहेको छ ।
उद्योगमा आगलागीबाट पाँच करोडको क्षति
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
ज्ञानमैत्री कलेजमा विद्यार्थी विदाई उत्सव
by
Dainik Nepalgunj
May 31, 2026
नेपालगन्जमा हुँदै तेस्रो मेयर कप स्ट्रेन्थलिफ्टिङ्ग प्रतियोगिता
by
Dainik Nepalgunj
May 31, 2026
नेपालगन्जको अर्ब बढी अद्यावधिक बेरुजु
by
Dainik Nepalgunj
May 31, 2026
विद्यार्थी बीच कविता प्रतियोगिता
by
Dainik Nepalgunj
May 30, 2026
लागुऔषधसहित विभिन्न स्थानबाट ३५ जना पक्राउ
by
Dainik Nepalgunj
May 30, 2026