For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, May 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

निर्वाचन बिशेष

byDainik Nepalgunj
February 10, 2026
in विचार
0 0
0
निर्वाचन बिशेष
Share on FacebookShare on Twitter

मोबाइलमा बजेका, देखिएका सूचना नै अन्तिम सत्य मान्ने देशैभरि ठूलो जनसंख्या रहेको छ, यो जनमत सोसल मिडियामा आएका मिथ्या र भ्रामक सूचनाको जालमा गहिरो रूपमा अलमलिएको देखिन्छ। चोक–चौतारा, चियापसलदेखि सामाजिक सञ्जाल र ठूला बहससम्म, अधिकांश छलफल तथ्यभन्दा बढी अफवाह र अपुष्ट सूचनामै सीमित छन्। यसलाई हाम्रो डिजिटल साक्षरता अत्यन्त कमजोर अवस्था देखाउछ।

भर्खरै तथ्यांक विभागले निकालेको सर्भेक्षणअनुसार ९० प्रतिशत वयस्क पुरुषसंग मोवाईल फोन रहेको छ भने ८१ प्रतिशत बढी महिलाहरुसंग रहेको छ । त्यस्तै ८२ प्रतिशत घरपरिवारमा इन्टरनेट प्रयोग भएको पनि सर्भेक्षणले देखाएको छ। यसले के देखाउछ भने हामी प्रबिधि र इन्टरनेट पहुचमा छौ तर यो संग सम्बन्धित सहि ज्ञान र सहि सदुपयोगका बारेमा आवश्यक डिजिटल साक्षरता भने अत्यन्त न्युन र कमजोर अवस्था रहेको छ।

यही कमजोरी अवस्थाको फाइदा उठाउँदै निर्वाचनमा उम्मेदवार र राजनीतिक दलहरू पनि एक–अर्कालाई दोषारोपण गर्ने होडसँगै, को भन्दा को कम शैलीमा मिथ्या सूचना प्रवाहमा लागिरहेका छन्। निर्वाचन नजिकिँदै जाँदा सामाजिक सञ्जालको प्रयोग अत्यधिक बढेसँगै, भ्रामक र गलत समाचारले जनमत प्रभावित गर्ने जोखिम झनै गहिरिँदै गएको छ।

यस्तो अवस्थामा निर्वाचन लक्षित मतदाता शिक्षा अत्यन्त कमजोर अवस्थामा रहेको तथ्य गम्भीर चिन्ताको विषय बनेको छ। म मतदान किन गर्दैछु? मतदानले के परिवर्तन ल्याउँछ? मतदान अधिकार किन महत्वपूर्ण छ? मतदाताले कुन आधारमा निर्णय लिनुपर्छ? यस्ता आधारभूत प्रश्नमा न त राजनीतिक दलहरूको ध्यान पुगेको देखिन्छ, न उम्मेदवारहरूकै प्राथमिकतामा यो विषय परेको छ। मतदाता शिक्षाको अभाव लोकतन्त्रकै जरा कमजोर पार्ने विषय हो, तर यसतर्फ गम्भीर बहस र हस्तक्षेप भएको देखिँदैन।

लोकतन्त्रमा जनताको सहभागिताको सबैभन्दा प्रभावकारी र प्रत्यक्ष माध्यम भनेकै मतदान हो। मतदान केवल मतपत्रमा चिन्ह लगाउने औपचारिक प्रक्रिया मात्र होइन, यो नागरिकले आफ्नो भविष्य, शासन प्रणाली र प्रतिनिधि चयनमा प्रत्यक्ष योगदान दिने ऐतिहासिक अधिकार हो। यही कारण मतदाता शिक्षा लोकतन्त्रलाई मजबुत बनाउने आधारशिला मानिन्छ। तर व्यवहारमा हेर्दा हामी यसैमा चुकिरहेका छौँ। अधिकांश मतदाता “जित्ने देखिएकैलाई हालौँ”, “अब नयाँलाई हेरौँ” जस्ता भावनात्मक र सतही आधारमा निर्णय गरिरहेका छन्। आगामी निर्वाचनमा पनि यही प्रवृत्ति दोहोरिने संकेत देखिन्छ, जसमा सामाजिक सञ्जालको प्रभाव अझ गहिरो रहनेछ।

मतदाता शिक्षा भनेको नागरिकलाई निर्वाचन प्रक्रिया, मतदान अधिकार र कर्तव्य, निर्वाचन प्रणाली, आचारसंहिता तथा सचेत र विवेकशील निर्णय गर्ने क्षमताबारे जानकारी र सीप प्रदान गर्ने प्रक्रिया हो। यसको मूल उद्देश्य मतदातालाई भ्रम, डर, लोभ र दबाबबाट मुक्त गरी स्वतन्त्र रूपमा सोच्न र मतदान गर्न सक्षम बनाउनु हो। तर आज मोबाइलमै सीमित सूचनाका आधारमा निर्णय गरिरहेका मतदातालाई मिथ्या र भ्रामक सूचनाबारे बुझाउने काम अत्यन्तै कमजोर भएको छ। यो अवस्थालाई समयमै सम्बोधन नगर्ने हो भने, प्रतिनिधि सभा मात्र होइन, समग्र सरकार नै दीर्घकालीन अस्थिरताको चक्रमा फस्नेमा दुईमत छैन।

सबैभन्दा पहिले नागरिकलाई मतदान अधिकार र कर्तव्यबारे स्पष्ट जानकारी दिनु आवश्यक छ। उमेर पुगेका प्रत्येक नागरिकले संविधानले दिएको मतदान अधिकार कसरी प्रयोग गर्ने, मतदान नगर्दा लोकतन्त्रमा कस्तो असर पर्छ, भन्ने विषयमा पर्याप्त जानकारी पाउनुपर्छ। यस निर्वाचनमा तीन लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन्। डिजिटल प्रविधिको प्रयोगसँगै फैलिएका भ्रामक सूचनाले निर्वाचन परिणाममै प्रभाव पार्न सक्ने जोखिमलाई ध्यानमा राख्दै, मतदाता शिक्षालाई उच्च प्राथमिकतामा राखिनुपर्ने थियो। तर यथार्थमा यसतर्फ अपेक्षित ध्यान पुगेको देखिँदैन।

यसैगरी, निर्वाचन प्रणालीबारे जानकारी दिनु मतदाता शिक्षाको अर्को महत्वपूर्ण पक्ष हो। संघीय, प्रदेश र स्थानीय तहका निर्वाचनबीचको भिन्नता, प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली, एक मतदाताले कति मत हाल्छ भन्ने जस्ता आधारभूत विषयले मतदातालाई भ्रममुक्त बनाउँछ। आज उम्मेदवारहरू मत माग्दा विकासका ठूला–ठूला आश्वासन दिन केन्द्रित छन्, जबकि प्रतिनिधि सभा नीति निर्माण गर्ने थलो हो, विकास आयोजना बाँड्ने कार्यालय होइन। यो यथार्थ मतदाताले बुझ्न नसक्दा अपेक्षा र वास्तविकताबीच ठूलो दूरी पैदा भएको छ।

मतदान प्रक्रियाबारे जानकारी पनि उत्तिकै आवश्यक छ। मतदानको दिन केन्द्रमा जाने तरिका, मतपत्र चिन्ने, सही तरिकाले चिन्ह लगाउने, गोप्य मतदानको महत्वजस्ता विषयमा जानकारी अभाव हुँदा बदर मतको संख्या बढ्ने जोखिम रहन्छ। यो शिक्षा जति धेरै मतदातासम्म पुर्‍याउन सकियो, त्यति नै निर्वाचनको गुणस्तर सुधार हुन्छ।

त्यस्तै, मतदाता शिक्षाले उम्मेदवार र राजनीतिक दलको मूल्याङ्कन गर्ने क्षमता विकास गर्न सहयोग गर्छ। “मोबाइलमै सबै छ” भन्ने सोचले गलत सूचना बोकेर हिँड्ने जमात पनि बढाएको छ। हाम्रो जस्तो विविध सांस्कृतिक, जातीय, धार्मिक र सामाजिक संरचना भएको समाजमा नाता, पैसा, मदिरा वा डरको प्रभावमा नपरी उम्मेदवारको नीति, कार्यक्रम, इमानदारी र कार्यक्षमता हेरेर मतदान गर्न प्रेरित गर्नु चुनौतीपूर्ण छ। यही चुनौती घटाउन मतदाता शिक्षाको भूमिका झनै महत्वपूर्ण हुन्छ।

यससँगै निर्वाचन आचारसंहिता र कानुनी प्रावधानबारे जानकारी पनि अत्यावश्यक छ। पैसाको प्रयोग, प्रलोभन, धम्की र दबाब निर्वाचन अपराध हुन् भन्ने बुझाइ समाजमा पर्याप्त रूपमा विकास भएको छैन। “चुनावमा पैसाको खोलो बग्छ” भन्ने धारणा जनमानसमा गहिरो बसेको छ। यसको सत्य–तथ्य बुझाउन राजनीतिक दल, निर्वाचन आयोग र नागरिक समाज सक्रिय हुनुपर्ने थियो, तर व्यवहारमा त्यो देखिएको छैन।

सचेत मतदाता भएको अवस्थामा मात्र चुनावले जनताको वास्तविक इच्छा प्रतिबिम्बित गर्छ। मतदाता शिक्षाले सही प्रतिनिधि चयन गर्न सहयोग गर्छ, बदर मत घटाउँछ र निर्वाचनको विश्वसनीयता बढाउँछ। यसले लोकतान्त्रिक मूल्य र मान्यतालाई सुदृढ बनाउँदै शासन प्रणालीप्रति जनविश्वास बढाउँछ। विशेष गरी महिला, युवा, दलित, अपांगता भएका व्यक्ति तथा पछाडि परेका समुदायको सहभागिता बढाउन मतदाता शिक्षाको भूमिका झनै महत्वपूर्ण छ।

अन्ततः, मतदाता शिक्षा लोकतन्त्रको मेरुदण्ड हो। सचेत, शिक्षित र जिम्मेवार मतदाता बिना लोकतन्त्र बलियो हुन सक्दैन। त्यसैले निर्वाचन आयोग, सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चार माध्यम र समुदाय सबैले मिलेर निरन्तर, समावेशी र प्रभावकारी मतदाता शिक्षा अभियान सञ्चालन गर्नु आजको अपरिहार्य आवश्यकता हो। दोषारोपणको राजनीतिबाट बाहिर निस्केर मतदाता शिक्षामा लगानी गर्न सके मात्र लोकतन्त्रको भविष्य सुरक्षित रहन सक्छ।

Previous Post

राप्तीसोनारीमा वृक्षारोपणले हरियाली फर्किँदै

Next Post

जनताको विश्वास टुट्न दिने छैनः कोइराला

Next Post
जनताको विश्वास टुट्न दिने छैनः कोइराला

जनताको विश्वास टुट्न दिने छैनः कोइराला

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
एम्बुलेन्सको स्तरोन्नति गर्न प्रदेश सरकारको परिपत्र

एम्बुलेन्स सेवा मापदण्ड कार्यान्वयन सम्बन्धी रिट

May 20, 2026
सुर्खेतरोड धम्बोझीमा ‘बडा मंगलवार’ को भव्य भण्डारा

सुर्खेतरोड धम्बोझीमा ‘बडा मंगलवार’ को भव्य भण्डारा

May 20, 2026
उद्योगमा आगलागी, लाखौंको क्षति

उद्योगमा आगलागी, लाखौंको क्षति

May 20, 2026
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

May 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version