काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानबीच शिष्टाचार भेट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान उनीहरुबीच भेटघाट भएको हो । उनीहरुबीच द्विपक्षीय हित र चासोका विविध वियषमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले जानकारी दिए । उपमन्त्री हायान नेकपा (माओवादी केन्द्र) को औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन् । नेपालमा रहँदा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री दाहाल र चिनियाँ उपमन्त्रीबीच भेटवार्ता
- Dainik Nepalgunj

Related Content
सीआइबीको फन्दामा राय
by
Dainik Nepalgunj
June 2, 2025
मिटरव्याजी पीडित आन्दोलित
by
Dainik Nepalgunj
June 1, 2025
४४ जनाले पाए अधिवक्ताको प्रमाणपत्र
by
Dainik Nepalgunj
June 1, 2025
बासले बनायो पत्रकारको वृत्तचित्र ‘मेरो कथा’
by
Dainik Nepalgunj
May 28, 2025
‘अधिकार खोज्दा कर्तव्य बिर्सन हुँदैन’
by
Dainik Nepalgunj
May 28, 2025