बाँकेका खत्री लुम्बिनीमा मन्त्री

बाँकेका प्रदेश सभा सदस्य रत्न खत्री मन्त्री बनेका छन् । नेकपा एमालेले बाँकेका खत्री सहित लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

एमालेबाट अर्घाखाँचीका चेतनारायण आचार्य,रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्नबहादुर खत्रीलाई मन्त्री बनाउन नाम सिफारिस गरिएको हो ।

गते चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका माओवादी केन्द्रका जोखबहादुर महराले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एक÷एक जना मन्त्री बनाइसकेका छन् ।

महराले विश्वासको मत समेत लिइसकेका छन् । माओवादीबाट रोल्पाका दीपेन्द्र पुन मन्त्री बनिसकेका छन् । माओवादीबाट कृष्णा केसीलाई मन्त्री बनाउने तयारी माओवादीले गरेको छ ।

मुख्यमन्त्री महराले मन्त्री परिषद् गठनको सिफारिस प्रदेश प्रमुख समक्ष गरिसकेका छन् ।

Exit mobile version