नेपालगन्जमा आयोजना गरिएको यामाहा रेजेडआर हाइब्रिड १२५ सीसी सेग्मेन्टको स्कुटरको माइलेज च्यालेन्ज र्यालीमा ८२.०६ किलोमिटर प्रति लिटर माइलेज ल्याउँदै बिनिसाराज भण्डारीले फस्ट रनर अपको उपाधि हात पारेकी छिन् ।
नेपालगन्ज, कारकाँदोस्थित यामाहाको शोरुमबाट गाभर होमस्टेसम्म शनिबार भएको माइलेज च्यालेन्जमा ७९.३३ किलोमिटर प्रति लिटर माइलेज ल्याउँदै जानकी चौधरीले सेकेण्ड रनरअफको उपाधि हात पारेकीछिन् भने ७४.३७ किलोमिटर प्रति लिटर माइलेज ल्याउँदै सन्तोष मल्लले थर्ड रनर अफको उपाधि हात पारे ।

रेजेडआर हाइब्रिड १२५ सीसी सेग्मेन्टको स्कुटरका २४ जना चालकसहित कम्पनीका प्रोडक्ट म्यानेजर, सेल्स म्यानेजरलगायत ४० जनाको उपस्थिति रहेको कम्पनीका प्रोडक्ट म्यानेजर समीक्षा घिमिरेले जानकारी दिइन् ।
ग्राहक र कम्पनीको सम्बन्धलाई घनिष्ट बनाउनुका साथै प्रत्यक्ष ग्राहकबर्गमा भिजेर उनीहरूले स्कुटरमा भोग्दै आएको समस्यालाई सम्बोधन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिनुका साथै यामाहा रेजेडआर हाइब्रिड १२५ सी.सी.लाई नेपालको स्कुटर सेग्मेन्टमा सबैभन्दा उच्च माईलेज दिने स्कुटरका रूपमा गरिँदै आएको दाबीलाई सत्य साबित गर्न पनि कार्यक्रमको आयोजना गरिएको प्रोडक्ट म्यानेजर घिमिरेले जानकारी दिइन् ।
यसैबीच माइलेज च्यालेन्जमा सहभागी ग्राहकहरुलाई विभिन्न मनोरञ्जनात्मक घैँटो फोड्ने र म्युजिकल चियर खेलहरु खेलाउँदै रेजेडआर हाइब्रिड १२५ सी.सी.का बारेमा जानकारी समेत गराइएको थियो । घैँटो फोड्ने खेलमा मनिता चौधरी र चन्द्रासिंहले एक/एक घैँटो फोड्न सफल भएका थिए भने म्युजिकल चियरमा चा्द्रासिंहले जित हासिल गरेकी थिइन् ।
सहभागीलाई कम्पनीले फुल ट्याङ्की पेट्रोल, ज्याकेट र एक थान पानी पिउने टुमलेट उपलब्ध गराउनुका साथै गाभर होमस्टेमा खाना खुवाएको थियो ।

कसरी बढाउने माइलेज ?
८२.०६ किलोमिटर प्रतिलिटर माइलेज ल्याउँदै फस्ट रनर अफ भएकी बिनिसा राज भण्डारीले समयमै सवारी साधन सर्भिसिङ गर्नुका साथै सवारी साधनको स्पीडमा एकरूपता ल्याउन सके माइलेज बढाउन सकिने बताइन् ।
सवारीसाधन चलाउँदा स्पीड, सवारीसाधनमा हुने वेट र भीडभाडमा सवारीसाधन रोक्नका लागि प्रयोग गरिने ब्रेक र एयर फिल्टर फोहोर हुनाले पनि माइलेज थपघट हुने कम्पनीका प्राविधिक बताउँछन् ।































