मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम

कर्णाली प्रदेशमा समुदायमा आधारीत मानसिक स्वास्थ्यलाई प्रवर्धन गर्ने उद्देश्यका साथ कर्णाली मानसिक स्वास्थ्य कार्यक्रमको विधीवत शुभारम्भ भएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका मन्त्री घनश्याम भण्डारीले एक कार्यक्रमका बिच शुभारम्भ गर्नुभएको हो ।

मानसिक स्वास्थ्य तथा मनोासामाजिक रणनीति तथा कार्ययोजनाको कार्यन्वयन गर्न सहयोग गर्ने गरी कार्यक्रम लागुहुन लागेको उक्त कार्यक्रमले प्रदेशका १३ स्थानीय तह र सामाजिक विकास मन्त्रालयको समन्वय, साझेदारी र समन्वयमा कार्यक्रम सञ्चालन गरिने कार्यक्रम संयोजक दिपक आचार्यले बताए ।

उक्त कार्यक्रममा सीएमसी नेपालका कार्यकारी निर्देशक राम लाल श्रेष्ठ, नीति तथा सुशासन प्रमुख हिमाल गैरे, सीविएम ग्लोबलका कार्यक्रम व्यवस्थापक राजेश मराशनी, कार्यक्रम अधिकृत पार्वती आचार्य लगायतले कार्यक्रमको प्रभाकारी कार्यन्वयनका निम्ती सबैले हातेमालो गर्नुपर्ने जनाए ।

Exit mobile version