For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

पाँच वर्षभित्र अर्थतन्त्रको आकार १०३ खर्ब पुर्याउन ११२ खर्ब लगानी आवश्यक

byDainik Nepalgunj
June 9, 2024
in News, मुख्य समाचार
0 0
0
पाँच वर्षभित्र अर्थतन्त्रको आकार १०३ खर्ब पुर्याउन ११२ खर्ब लगानी आवश्यक
Share on FacebookShare on Twitter

सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (आर्थिक वर्ष २०८१/८२-२०८५/८६)ले आगामी पाँच वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार रु एक सय तीन खर्ब हाराहारी पुर्याउन करिब रु एक सय १२ खर्ब लगानी आवश्यक पर्ने देखाएको छ । चालु आव २०८०/८१ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) उपभोक्ता मूल्यमा रु ५७ खर्ब पाँच अर्ब पुग्ने अनुमान गरिएको छ । सोह्रौँ पञ्चवर्षीय आवधिक योजनाले राखेको लक्ष्यअनुसारको वृद्धिदर हासिल भई मुलुकको अर्थतन्त्र विस्तार हुँदा योजनाको अन्तिम वर्ष जिडिपीको आकार एक सय खर्ब नाघ्नेछ । पाँच वर्षपछि अर्थात् आव २०८५/८६ मा जिडिपीको आकार गत आव २०७९/८० को मूल्यमा रु ८० खर्ब १९ अर्ब ७६ करोड र प्रचलित मूल्यमा रु एक सय तीन खर्ब सात अर्ब ३२ करोड पुग्ने अनुमान गरिएको छ ।

यसरी पाँच वर्षभित्र अर्थतन्त्रको आकार एक सय खर्ब नाघ्ने सरकारी लक्ष्य भेट्टाउन जिडिपीको आकारभन्दा ठूलो लगानी आवश्यक पर्नेछ । “सोह्रौँ योजना अवधिमा आधारभूत मूल्यमा औसत सात दशमलव एक प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न कुल स्थिर पुँजी लगानी आव २०८०/८१ को मूल्यमा रु ९४ खर्ब ८२ अर्ब ६६ करोड आवश्यक पर्ने अनुमान गरिएको छ”, सौह्रौँ योजनामा भनिएको छ, “समग्र लगानीलाई प्रचलित मूल्यमा परिणत गर्दा योजना अवधिमा कुल रु एक सय ११ खर्ब ८४ अर्ब २३ करोड आवश्यक पर्ने अनुमान छ ।” चालु आवको मूल्यमा आधारित लगानीको अवस्था हेर्दा आगामी पाँच वर्षमा कृषि क्षेत्रमा रु छ खर्ब ६८ अर्ब २५ करोड र गैरकृषि क्षेत्रमा रु ८८ खर्ब १४ अर्ब ४१ करोड लगानी हुने अनुमान गरिएको छ । सोह्रौँ योजनाको प्रक्षेपित आर्थिक वृद्धि हासिल गर्न समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै सरकारी, निजी र सहकारी क्षेत्रको लगानी परिचालन गर्ने लक्ष्य सरकारले राखेको छ ।

सोह्रौँ योजना कार्यान्वयन अवधिमा हुने कुल लगानीमध्ये सार्वजनिक क्षेत्रबाट रु २८ खर्ब ६३ अर्ब ७६ करोड, निजी क्षेत्रबाट रु ६३ खर्ब ७२ अर्ब ३५ करोड र सहकारी तथा सामुदायिक क्षेत्रबाट रु दुई खर्ब ४६ अर्ब ५५ करोड लगानी हुने अनुमान गरिएको छ । यो चालु आव २०८०/८१ को मूल्यमा आधारित लगानी हो । प्रचलित मूल्यमा भने यस्तो लगानी सार्वजनिक क्षेत्रबाट रु ३३ खर्ब ७७ अर्ब ६४ करोड, निजी क्षेत्रबाट रु ७५ खर्ब १५ अर्ब ८० करोड र सहकारी क्षेत्रबाट रु दुई खर्ब ९० अर्ब ७९ करोड बराबर रहने अनुमान छ । जसअनुसार कुल लगानीमा सार्वजनिक क्षेत्रबाट हुने लगानी ३० दशमलव दुई, निजी क्षेत्रबाट हुने लगानी ६७ दशमलव दुई र सहकारी क्षेत्रबाट हुने लगानी दुई दशमलव छ प्रतिशत रहनेछ । आवधिक योजनाले राखेको आगामी पाँच वर्षको अनुमानित लगानीलाई सार्थक बनाउन सरकारी तथा सार्वजनिक संस्थान र निजी क्षेत्रबाट प्राप्त स्रोतहरु परिचालन गर्ने सोह्रौँ योजनामा उल्लेख छ । “परम्परागत स्रोतहरूबाट मात्र आवश्यक लगानी पूर्ति गर्न अपर्याप्त हुनेहुँदा नयाँ वैकल्पिक स्रोतहरूको समेत पहिचान गरिएको छ र सोहीबमोजिम परिचालन गरिनेछ”, सोह्रौँँ योजनामा भनिएको छ, “परम्परागत स्रोतको रूपमा सरकारी राजस्व, वैदेशिक सहायता, सार्वजनिक ऋण, निजी क्षेत्रले गर्ने शेयर पुँजी तथा कर्जा लगानी रहनेछन् भने वैकल्पिक स्रोतका रूपमा प्रत्यक्ष वैदेशिक लगानी, सार्वजनिक–निजी साझेदारी, मिश्रित लगानी, आयोजना विकास ऋणपत्र, प्राकृतिक स्रोतको भण्डारबाट आय प्रवाह, हरित वित्त परिचालन, जलवायु वित्त, कार्वन कर र विभिन्न सार्वजनिक संस्थानका कोषमा रहेको स्रोत परिचालन हुनेछन् ।”

आगामी पाँच वर्ष अवधिमा प्राथमिक क्षेत्रको मूल्य अभिवृद्धि रु १५ खर्ब १६ अर्ब ७३ करोड, द्वितीय क्षेत्रको रु १० खर्ब ८१ अर्ब ९६ करोड र तृतीय क्षेत्रको रु ४५ खर्ब तीन अर्ब नौ करोड तथा समग्र मूल्य अभिवृद्धि रु ७१ खर्ब एक अर्ब ७८ करोड पुग्ने अनुमान गरिएको छ । त्यस्तै, सोह्रौँ योजना अवधिमा मुद्रास्फीति दर पाँचदेखि छ प्रतिशतको बीचमा कायम गर्ने लक्ष्य राखिएको छ । यो अवधिमा उद्योग र सेवा क्षेत्रमा उच्च मूल्य अभिवृद्धिको कारण अर्थतन्त्रमा उल्लेखनीय संरचनात्मक परिवर्तन हुने अनुमान गरिएको छ । सोह्रौँ योजनाको अन्तिम वर्ष जिडिपीमा प्राथमिक क्षेत्रको योगदान २४ दशमलव छ प्रतिशतबाट २१ दशमलव चार प्रतिशतमा झर्ने अनुमान गरिएको छ । त्यस्तै, द्वितीय क्षेत्रको योगदान १२ दशमलव पाँच प्रतिशतबाट वृद्धि भई १५ दशमलव दुई प्रतिशत पुग्ने अनुमान गरिएको छ । सेवा क्षेत्रको योगदान पनि ६२ दशमलव नौ प्रतिशतबाट बढेर ६३ दशमलव चार प्रतिशत पुग्ने अनुमान छ । यसबाट प्राथमिक क्षेत्रको तुलनामा द्वितीय क्षेत्रको विस्तार अधिक हुने र कृषि क्षेत्रमा आश्रित श्रमशक्तिको ठूलो हिस्सा उद्योग र सेवा क्षेत्रमा स्थानान्तरण हुने देखिन्छ ।

सोह्रौँ आवधिक योजनाले राखेअनुसारको आर्थिक वृद्धिदर कायम भई अर्थतन्त्र विस्तार हुँदा नेपालीहरूको प्रतिव्यक्ति आयमा अहिलेको तुलनामा उल्लेखनीय वृद्धि हुनेछ । हाल विद्यमान जनसङ्या वृद्धिदर सोह्रौँ योजना अवधिमा कायम रहने अनुमानका आधारमा योजनाको अन्तिम वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन रु तीन लाख ३१ हजार अर्थात् दुई हजार तीन सय १९ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । यसैगरी आव २०८५/८६ मा वर्ष प्रतिव्यक्ति आय दुई हजार तीन सय ५१ डलर पुग्ने अनुमान गरिएको छ । अहिले प्रतिव्यक्ति राष्ट्रिय आय एक हजार चार सय ५६ डलर बराबर छ । सोह्रौँ योजना अवधिमा अनावश्यक उपभोग कटौती गरी बचतलाई प्रोत्साहित गर्ने र कुल स्थिर पुँजी निर्माणमा उल्लेख्य बढोत्तरी गर्ने नीति सरकारले लिएको छ । आगामी आवधिक योजना कार्यान्वयनको अन्तिम वर्ष कुल गार्हस्थ्य उत्पादनको अनुपातमा अन्तिम उपभोग खर्च र कुल गार्हस्थ्य बचत क्रमशः ९१ दशमलव पाँच प्रतिशत र आठ दशमलव दुई प्रतिशत रहने प्रक्षेपण गरिएको छ । कुल राष्ट्रिय बचत भने कुल गार्हस्थ्य उत्पादनको ३९ प्रतिशत पुर्याउने लक्ष्य लिइएको छ । यसैगरी, कुल स्थिर पुँजी निर्माण कुल गार्हस्थ्य उत्पादनको २८ दशमलव छ प्रतिशत कायम हुने अनुमान गरिएको छ । कुल स्थिर पूँजी निर्माणमा सरकारी क्षेत्रको ३० दशमव दुई प्रतिशत र निजी तथा सहकारी क्षेत्रसमेतको हिस्सा ६९ दशमलव आठ प्रतिशत रहने अनुमान गरिएको छ ।

आगामी पाँच वर्ष अवधिमा रु १२० खर्ब ६३ अर्ब ३२ करोड सरकारी खर्च हुने अनुमान गरिएको छ । यस अनुमानित खर्चमध्ये रु ४५ खर्ब ७१ अर्थ ७९ करोड चालु खर्च, रु २७ खर्ब ७१ अर्ब चार करोड पुँजीगत खर्च, रु २२ खर्ब ५७ अर्ब ७५ करोड वित्तीय व्यवस्था र रु २४ खर्ब ६२ अर्ब ७४ करोड वित्त हस्तान्तरण अर्थात् प्रदेश र स्थानीय तहलाई दिइने अनुदानमा खर्च हुने अनुमान गरिएको छ । यो पाँच वर्ष अवधिको सरकारी खर्च व्यहोर्ने प्रमुख स्रोतको रूपमा सङ्घीय राजस्वले रु ८४ खर्ब ६५ अर्ब १५ करोड योगदान गर्ने अनुमान गरिएको छ । त्यस्तै, तीन तहमा बाँडफाँट हुने राजस्वसमेत कुल रु ९५ खर्ब ३० अर्ब ६० करोड परिचालन हुने अनुमान गरिएको छ । योजना अवधिमा रु १७ खर्ब ५२ अर्ब ३० करोड वैदेशिक सहायता प्राप्त हुने अनुमान गरिएको छ । योजना अवधिको राजस्व तथा वैदेशिक सहायता परिचालन गर्दा न्यून हुने अनुमानित रकम रु १८ खर्ब ४२ अर्ब दुई करोड आन्तरिक ऋणबाट व्यहोर्नुपर्ने प्रक्षेपण गरिएको छ ।

Previous Post

गृहसँग सम्बन्धित कानुन र कागजात एकै स्थानमा उपलब्ध हुने

Next Post

कहाँ पुग्यो अरुण-३ जलविद्युत् आयोजना निर्माण ?

Next Post
कहाँ पुग्यो अरुण-३ जलविद्युत् आयोजना निर्माण ?

कहाँ पुग्यो अरुण-३ जलविद्युत् आयोजना निर्माण ?

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निःसन्तान दम्पती बुझ्दै ‘आइभिएफ’

निःसन्तान दम्पती बुझ्दै ‘आइभिएफ’

April 19, 2026
पूर्व विद्यार्थी समाजमा शर्मा

पूर्व विद्यार्थी समाजमा शर्मा

April 19, 2026
भारतबाट ल्याइएको अवैध माछा बरामद

भन्सार छलिएको ३१ लाख बढीको सामान बरामद

April 19, 2026
कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version