सुर्खेत । छोराको हत्या गरेर भारततर्फ भाग्दै गरेका सुर्खेतको पञ्चपुरी नगरपालिकाका–६ लाई प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले बिहीबार विहान ९ बजेतिर कैलालीको टीकापुरबाट पक्राउ गरेको हो ।
पञ्चपुरी नगरपालिका–६ कुवापानीका नयाँराम बुढाले १८ वर्षीय छोरा भरत बुढाको सोमबार राति घर नजिकै हत्या गरेका थिए । प्रहरीसँगको प्रारम्भीक बयानका क्रममा नयाँरामले छोराको हत्या गरेको स्वीकार गरेका छन् । हत्या गरेर फरार रहेका बुढालाई पक्राउ गर्न संघीय प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बुद्धि सुवेदी, प्रदेश प्रहरी कार्यालय सुर्खेतले वरिष्ठ नायव निरीक्षक नारायण शर्माको कमाण्डमा टेकराज पराजुली, नवीन योगीसहितको टोली खटाएको थियो भने जिल्ला प्रहरी कर्याालयले प्रहरी हवल्दार टिकाराम आचार्यलाई खटाएको थियो ।
प्रहरी स्रोतका अनुसार भारततर्फ भाग्दै गरेका नयाँराम कैलालीको टीकापुर नगरपालिका–१ को लम्कीपुर नजिकैबाट समातिएका हुन् । प्रारम्भीक बयानका क्रममा नयाँरामले छोराले आफ्नाविरुद्ध प्रहरीमा जाहेरी दिएको, मार्ने धम्की दिएको बताएका छन् ।
छोराको हत्या आरोपी बाबु पक्राउ
- Dainik Nepalgunj

- Categories: News
Related Content
लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो
by
Dainik Nepalgunj
April 19, 2026
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव
by
Dainik Nepalgunj
April 19, 2026
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ
by
Dainik Nepalgunj
April 19, 2026
भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग
by
Dainik Nepalgunj
April 19, 2026
कालोबजारी नगर्न बाँके अटोमोबाइल्स एशोसिएसनको चेतावनी
by
Dainik Nepalgunj
April 19, 2026