नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ८९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ २९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५ पैसा र बिक्रीदर ९० रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर ८ रुपैयाँ ९९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा कायम भएको छ । त्यसैग्री थाई भाट एकको खरिददर ४ रुपैयाँ २ पैसा र बिक्रीदर चार रुपैयाँ ४ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३ १ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा कायम छ । साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९ रुपैयाँ ९१ पैसा, स्विडिस क्रोनर एकको खरिददार १२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२ रुपैया ९८ पैसा, र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ६० पैसा र बिक्रीदर १९ रुपैयाँ ६९ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ४५ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ८८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ४७ पैसा तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- Dainik Nepalgunj

- Categories: News
Related Content
तेजनगरमा बन्दै पक्की नाला र पीसीसी सडक
by
Dainik Nepalgunj
May 1, 2026
सहरभरी क्यामेराको निगरानी
by
Dainik Nepalgunj
May 1, 2026
चार जना फरार पक्राउ
by
Dainik Nepalgunj
April 30, 2026
जेनजी सहिदको स्मृतिमा ‘योग भवन र उद्यान’ निर्माण
by
Dainik Nepalgunj
April 30, 2026
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्याउन सर्वोच्चको परमादेश
by
Dainik Nepalgunj
April 30, 2026