संयुक्त बजार अनुगमन समितिले औषधी बिक्रेता सहित ९ वटा फर्मको अनुगमन गरेको छ । त्यसक्रममा दुई वटा औषधी बिक्रेतालाई जरिवानाको कारवाहीसँगै म्याद नाघेका औषधी समितिले नष्ट गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ ।
प्रशासनले व्यवसायीहरूलाई कानुनको पालना गरी कारोबार गर्न व्यवसायीहरूलाई निर्देशन अनुगमनका क्रममा दिइएको बताएको छ ।
नेपालगन्जको सुर्खेतरोडमा अनुगमन गरिएका क्रममा मापदण्ड पालना भएको नपाएपछि दुई वटा औषधी पसललाई २०÷२० हजार जरिवाना समितिले गरेको थियो । साथै म्याद नाघेका ५६ हजार ५ सय मूल्य बराबरको औषधी समितिले नष्ट गरेको थियो ।































