बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ राप्तीनदी तटमा बनाउन लागिएको बैकुण्ठधाम सिधनियाघाटका लागि आर्थिक सहयोग जुटिरहेको छ । बैकुण्ठधाम निर्माणका लागि आर्थिक स्रोत संकलनका लागि महायज्ञको तयारी भैरहँदा आर्थिक सहयोग जुट्न सुरु भएको हो ।
शुक्रबार मात्रै मल्हमपट्टी मर्निङ्गवाक ग्रुपका सदस्य सञ्जिव बस्नेत र बिमल डाँगीले एक÷एक लाख सहयोग हस्तान्तरण गरेको कोषाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए ।
शुक्रबार नै नर्सिङ्ग क्याम्पस प्रमुख तुल्सा नेपालीले ११ हजार १ सय ११ रूपैयाँ अभियानका संयोजक डा. सुरेश कुमार कनोडियालाई हस्तान्तरण गरिन् । सोही कार्यक्रममा नर्सिङ्ग अगुवा सुमन गिरी श्रेष्ठले १० हजार सहयोग घोषणा गरिन् ।































