नेपालगन्ज भन्सार कार्यालयको राजश्व असुली निरन्तर ओरालो लागेको तथ्यांकले देखाएको छ । चालु आ.व.को साउनदेखि हालसम्म भन्सार असुलीले मासिक लक्ष्य प्राप्त गर्न सकेको छैन ।
नेपालगन्ज भन्सार कार्यालयले विगतका बर्षहरूले देखि मासिक तथा बार्षिक लक्ष्य प्राप्त गर्न सकेको छैन । चालु आ.व.को सुरुदेखि नै त्यो क्रम दोहारिन थालेको छ ।
नेपालगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार, चालु आ.व. २०८१÷०८२ को साउनमा मासिक लक्ष्यको ७३.६७ अर्थात् १ अर्ब ५० करोड ३८ लाख ३४ हजार असुली भएको छ । साउन महिनामा २ अर्ब ४ करोड १४ लाख ६६ हजार रूपैयाँ भन्सार असुली लक्ष्य निर्धारण भएको थियो ।
त्यस्तै, भदौ महिनामा भन्सारले मासिक लक्ष्यको ६६.६२ प्रतिशत राजश्व असुली गरेको छ । भदौमा २ अर्ब २३ करोड ७४ लाख ४० हजार लक्ष्य निर्धारण गरिएकोमा १ अर्ब ४९ करोड ५ लाख २० हजार असुली भएको हो ।
असोज महिनामा २ अर्ब ११ करोड १७ लाख ९३ हजार भन्सार असुली लक्ष्य राखिएकोमा १ अर्ब ४१ करोड २९ लाख ४२ हजार रूपैयाँ मात्रै राजश्व असुली भएको छ ।































