For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

फेरिएन किंगरिया समुदायको अवस्था

byDainik Nepalgunj
January 9, 2025
in News, मुख्य समाचार
0 0
0
फेरिएन किंगरिया समुदायको अवस्था
Share on FacebookShare on Twitter

शाहिदा बानो शाह

सांघुरा बाटाहरुको बीचमा माटाले बनेका घरहरु । एकाध पक्की घर पनि छन् । ती थोत्रा घरहरुमा फोहोर लुगा लगाएर बसेका परिवार । फाट्टफुट्ट देखिने घर पक्की रहे पनि तिनमा समेत चर्पी छैनन् । गाँउबाहिर अधिकांश पुरुष हातमा तास बोकेर बसेका हुन्छन् । घरका भाडाकुडा धुदैं गरेकी कुचो लगाउदैं गरेकी साना नानीहरु । गाँउको चोकमा फोहोर लुगा लगाएर उभिएका स–साना बालकहरु । जतिखेर गाँउमा गएपनि फोहोर र सडकमै गरिएका दिसाका कारण ढुंगढुगीं गन्हाउने बाटाहरु । तिनै फोहोर र गन्हाउने बाटो हुदैं पढाउन शिक्षकहरु मदरसा जान्छन् । विद्यालयमा जान्छन् । विद्यालयमा विद्यार्थी कुर्छन् । तर, अधिकांश विद्यार्थी पढ्न जादैनन् ।

यो दृश्य नेपालगंज उपमहानगरपालिका २२ पुरैनी किंगरियापुरवाको हो । जहाँ किंगरिया बस्तीका हरेक घरमा औसत ७ देखि १० जना बालबालिकाहरु छन् । बालबालिका पढाउन एउटा सरकारी प्राथमिक विद्यालय छ । एउटा मुस्लिम समुदायको विद्यालय मदरसा छ । किंगरियनपुर स्थित विद्यालयमा यो वर्ष तीनसय छात्रछात्रा भर्ना भएका छन् मदरसामा १३० जना छात्रछात्रा भर्ना भएका छन् । तर, धेरै विद्यार्थी पढ्न जादैँनन् । किंगरियनपुर स्थित मदरसा अहमदिया दारूल इस्लामका प्रधानाध्यापक सलामत अली अरु विद्यालयमा दिवाखाजा बापत पनि रकम आउने र खाजाकै लोभमा भए पनि बालबालिकाहरु पढ्न जाने भए पनि यो मदरसामा दिवाखाजा नहुदाँ धेरै विद्यार्थी नआउने बताए । उनले भने, ‘गरीब किंगरियन बस्तीको यो मदरसामा खाजा खाने रकम नदिएको कारण पनि बालबालिका पढ्न आउदैनन् ।’

किंगरियन छोराछोरीलाई किन पढाउने रु उनीहरु त्यसको महत्वबारे नै जानकारी छैनन् । गाउंकी नसीबुन किंगरियाको घरमा हेरौं । उनका ६ वटी छोरीहरु छन् । उनले छोराको आशामा छ वटी छोरी जन्माएकी हुन् । आफु कान्छी छोरीलाई काखमा लिएर बजारतिर माग्न आउँदा घरको कामकाज तिनै छोरीहरुको जिम्मामा हुन्छ । गाँउमै मदरसा र स्कुल हुदाँ पनि उनका छोरीहरु स्कुल जादैँनन् ।उनी भन्छिन् ‘छोरीहरु आफै जादैँनन् । नजानूको कुनै कारण छैन् । तर यिनीहरुलाई पढ्न जाने इच्छा नै लाग्दैन् ।’ उनले समस्या थपिन् ‘छोरीहरु पढ्न गइहाले घरको काम कसले गर्छ रु जंगलबाट दाउरा कसले ल्याउंछ । भाइबैनीलाई कसले स्याहार गर्छ रु’
भदौ २५ गते (१०सेप्टम्बर) का दिन नेपाल राष्ट्रीय प्राथमिक विद्यालय पुग्दा विद्यालयको मूल गेटसंगै बनाइएको झ्यालमा तीन वटा भेडा र दुई वटा बाख्रा बाधिएंका थिए । तर, विद्यालयमा धेरै विद्यार्थी थिएनन् । त्यसबेला विद्यालय रेखदेख गर्न आइरहेका ८७ वर्षीय फैज अली किंगरियासंग भेट भयो । उनी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि थिए । किंगरियाले आफ्नो समुदायका बालबालिकाहरु पढ्न नआउनुको पछाडि अभिवावक नै जिम्मेवार रहेको बताउँछन् । उनी भन्छन् ‘बच्चाहरुलाई घाँसदाउराका लागि जंगल पठाउनु पर्यो भने बिदाको दिन समेत पर्खिदैनन् । स्कुलबाटै तानेर लगिहाल्छन् । कसरी पढून् । कसरी आउन्?’
विद्यालयका प्रधानाध्यापक सुमन शाह विद्यार्थी पढ्न नआउनुमा अभिवावकलाई मात्रै दोष दिदैनन् । ‘अति गरीब भएकाले बालबालिकाहरु पनि शिक्षा भन्दा जसरी पनि पैसा कमाउनलाई महत्वपूर्ण ठान्छन् । उनीहरु दाउरा लिन गए तत्काल दाउरा बेचेर २, ४ सय नगद कमाउँछन् । पढ्न आए भने शिक्षा मात्र हासिल हुन्छ आय आर्जन हुदैँन् । त्यसैले आउदैनन् । ’ प्रधानाध्यापक शाहले भने किंगरीयन समुदायका बालबालिकालाई शिक्षामा जोड्ने हो भने अभिभावकलाई पनि आयआर्जनमा जोड्नुपर्ने उनले बताए ।

नेपालगंज उपमहानगरपालिका साक्षर घोषणा भइसकेको छ । यद्यपि धेरै किंगरियनहरु अझै पनि अशिक्षित छन् । उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१र८२ मा शैक्षिक पहुंच बढाउन वैकल्पिक शिक्षाका लागि १ करोड ६८ लाख बजेट छुट्याएको छ । तर,नेपालगंज उपमहानगरपालिका शाखा अधिकृत लोकेंद्र शाहीका अनुसार किंगरिया समुदायको शैक्षिक विकासका लागि छुट्टै नीति तथा कार्यक्रमहरु नबनेको बताए । ‘किंगरिया समुदायको विकासका लागि अभिभावक एंव विद्यार्थीहरुका लागि विशेष सचेतना मुलक शैक्षिक कार्यक्रम बनाएर लागू गर्न आवश्यक रहेकोछ ।’ शाहीले भने,‘ तर नेपालगंज उपमहानगरमा त्यस्तो कार्यक्रम छैन् ।’

नेपालमा किंगरिया समुदायको बसोबास केवल नेपालगंज उपमहानगरपालिकामा मात्रै छ । जहा करिब ३०० परिवार किंगरिया समुदायको छ । औसत ७ जनाको परिवारकै हिसाबले ३०० परिवारमा किंगरिया समुदायको जनसंख्या करिब २ हजार १ सय जना रहेको छ । तर जनगणनामा किंगरिया समुदायको बारे छुट्टै उल्लेख छैन् । वडा अध्यक्ष अब्दुल गफ्फार भन्छन् ुकिंगरियाहरु मुस्लिम समुदायका हुन् । उनीहरु इस्लाम धर्म मान्दछन् । इस्लाम धर्म मान्ने भएकोले यिनले मुस्लिम समुदायले मनाउने सम्पूर्ण चाडपर्व जस्तैः ईदुलफित्र, ईदुलजुहा, मोहर्रम र मोहम्मद डे आदि मनाउने गर्छन् । यिनीको विवाह मुस्लिम समुदायको धार्मिक रीति अनुसार निकाह गरेर हुन्छ । मरेपछि दहसंस्कार पनि मुस्लिम समुदाय धार्मिक मुल्यमान्यता अनुसार कब्रिस्तानमा गरिन्छ ।ु यिनीहरुको पूर्वजको ’किंगडी’ बजाएर माग्ने काम गर्थे । त्यही किंगडीबाट यिनीहरुलाई किंगरिया भनिएको सोही समुदायका जानकार ८७ वर्षीय फैज अली किंगरिया बताउँछन् । उनका अनुसार किंगरियनहरु अशिक्षित मात्र होइन् असाध्यै विपन्न पनि छन् । अहिले किंगडी बजाएर माग्ने चलन छैन् । समुदायमा किंगडी नै लोप भइसकेको छ । अहिले महिलाहरु भाडो लिएर माग्न जान्छन् । अधिकांश पुरुष ईंट्टा भट्टामा काम गर्ने, मजदूरी गर्ने र केही व्यक्ति विदेश गएर कमाउने गरेका छन् । तर मेहनत अनुसार पारिश्रमिक नपाउँदा उनीहरुको अवस्था असाध्यै दयनीय छ । नसीबुन किंगरिया भन्छिन् ‘गाँउको बाहिर माग्न जाँदा गाली गर्छन् । काम खोज्दा पाइदैन्, कामको उचित ज्याला पाईदैन् ।’

किंगरिया समुदाय अति विपन्न र गरीबीको रेखामुनि रहेका छन् । उनीहरुसंग आयमुलक सीप छैन् । उनको लागि रोजगारीको अवसर पनि छैन् । सोही वडाका वडाबासी मुस्लिम युवा डा। नूर मुहम्मद अंसारी भन्छन् ूराज्यले शिक्षाको साथै रोजगारीको ग्यारेन्टी गरिदिए हुन्थ्यो ।
तर यस गाँउमा अहिले सम्म सीप विकास वा आयआर्जनका लागि कुनै विशेष काम भएका छैनन् ।

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दीन राई भन्छन् “किंगरिया समुदायको शैक्षिक विकास नहुनुको मुख्य कारण सचेतनाको कमी हो । यसर्थ कंगरिया समुदायको शैक्षिक विकासका लागि सचेतना मुलक कार्यक्रम बनाएर लागू गर्नेछौं ।” आउने वर्षमा बजेट निकासा गर्दा किंगरिया समुदायका लागि विशेष नीति तथा कार्यक्रम बनाएर लागू गर्ने उपमहानगरपालिकाको योजना रहेकोछ ।

यस क्षेत्रका प्रदेशसभा सदस्य माननीय कृष्णा के.सी.(नमूना) को भनाई अनुसार ‘किंगरिया समुदाय मुस्लिम समुदायभित्रको लोप उन्मुख समुदाय हो । यसको समग्र विकासका लागि प्रदेश र स्थानीय सरकारले नीति तथा कार्यक्रम बनाई लागू गर्नु आवश्यक छ । यो समुदायको विकासका लागि म प्रदेश सरकार समक्ष प्रस्ताव पेस गर्नेछु ।’ लक्षित वर्ग कार्यक्रम अन्तर्गत किंगरिया समुदायको आर्थिक, शैक्षिक र सामाजिक विकास नीति तथा कार्यक्रम बनाएर लागू गर्न आवश्यक पहलको खांचो रहेकोछ ।

यद्यपि नेपालगन्जमा धेरै सम्पन्न र समाजसेवी मुस्लिम समुदाय छ । तर मुस्लिम समुदायकै विपन्न किंगरीनको जीवनस्तर उठाउन भने कुनै ठोस कदम उठाएको देखिदैन् ।

Previous Post

डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो

Next Post

प्याब्सनले मनायो स्थापना दिवस

Next Post
प्याब्सनले मनायो स्थापना दिवस

प्याब्सनले मनायो स्थापना दिवस

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बर्दियामा कल्पतरु

बर्दियामा कल्पतरु

May 15, 2026
सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

May 14, 2026
प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

May 14, 2026

मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्यमा सरोकारवालाको जोड

May 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version