प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँके नेपालगंजले आयोजना गरेको नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापासँगको भेटघाट तथा अन्तक्रिया कार्यक्रममा नेपाल सरकारले आर्थिक क्रियाकलापको नाममा व्यवसायीहरुको घाटी निचोड्ने काम गरेको बताएका छन ।
नेपाली व्यवसायीहरुलाई व्यवसाय गर्ने अवस्था सृजना नगर्ने तर अनावश्यक रुपमा विभिन्न शिर्षकमा कर लगाउने काम नेपाल सरकारबाट भएको हुदाँ व्यवसायी निकै मर्कामा परेको बताएका हुन ।
नेपाली व्यवसायीमैत्री आर्थिक निति बनाएर अगाडि बढ्न समेत बाँकेका व्यवसायीहरुले महामन्त्री थापालाई अनुरोध गरेका थिए ।व्यवसायीहरुसँगको अन्तक्रिया कार्यक्रममा महामन्त्री थापाले नेपाली कांग्रेसको आर्थिक नितिको जरोलाई २०५१ साल देखि कमजोर बनाउँदै जादा अहिले आएर समस्या भएको बताउँदै भने,‘वि.सं. २०४८ देखि २०५१ के अवधि आर्थिक उपलब्धिको हिसाबले नेपालको सुनौलो युग थियो । अवका दिनमा हामीले लगानीमैत्री निति बनाउन जरुरी रहेको छ,हामी त्यसमा काम गर्नेछौ,संसारका विभिन्न ठाउँमा प्रयोगमा नआएका पैसालार्इृ नेपालमा लगानी अवस्था सृजना गरेर नेपाललाई आर्थिक उन्नति गर्ने बाटोमा हामी छलफल गरी रहेको छौ । ’
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ नेपालगंजका अध्यक्ष संजय थापाको सभापत्विमा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति तथा संघका अध्यक्ष थापाले नेपालगंज बाँके आर्थिक क्रियाकलापमा होस अथवा सामाजिकि क्रियाकलापमा भारतीय नाका रहेका हुदाँ यसको धेरै महत्व रहेको छ तर सरकारले बाँके नेपालगंजलाई उपेक्षा गर्दै आइरहेको बताउँदै भने,नेपालगंज बाँके जुन प्रकारले विकास हुनु पर्ने थियो त्यसो हुन सकेको छैन,आर्थिक हिसाबले जसरी यस क्षेत्रको बिकास हुनु पर्ने हो त्यसरी विकास हुन सकेको छैन,यस तर्फ पनि नेपाली कांग्रेसको नेतृत्वले जिम्मेवारी लिनु पर्ने हुन्छ ।’
पश्चिम क्षेत्रको आशा लाग्दो ठाउँ नेपालगंजलाई विकास गर्नबाट कस्ले अवरोध गरेको छ त्यसमा नेतृत्वको ध्यान जानु पर्ने देखिन्छ ।यसैगरी कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय मधु आचार्य र मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, बाँके जिल्ला सभापति नारायण प्रसाद गौडेल लगायत उद्योगी, व्यवसायीहरुको उपस्थिति थियो ।
कार्यक्रममा उद्योगी व्यवसायीहरु कन्हैयालाल बैद्य, ध्रुब प्रसाद दाहाल, टंक प्रसाद शर्मा, लक्ष्मण राज पौडेल, मन प्रसाद आचार्य, सूर्य गौडेल, अशोक गौडेल, राजु रिजाल, गोपाल प्रसाद गिरी, अर्थशास्त्री डा. राजेश केशर खनाल, डा.अवनिन्द्र मिश्र लगायतले महामन्त्री थापासमक्ष जिज्ञासा राखेका थिए । कार्यक्रम संचालन सचिव हिमनाथ पौडेलले गरेका थिए ।






























