For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, April 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

अस्पतालमा आमा सुरक्षा कार्यक्रम ठप्प, विकल्प तयार गर्दै नगरपालिका

byDainik Nepalgunj
July 19, 2025
in News
0 0
0
अस्पतालमा आमा सुरक्षा कार्यक्रम ठप्प, विकल्प तयार गर्दै नगरपालिका
Share on FacebookShare on Twitter

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. द्वारा संचालित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले गत साउन ३२ गते साउन १ गतेदेखि आमा सुरक्षा कार्यक्रम अन्तर्गतको सेवा बन्द गरेको सूचना जारी गरेपछि कोहलपुर नगरपालिकाले त्यसको विकल्पको खोजी तथा तयारी सुरु गरेको छ ।

शुक्रबार कोहलपुर नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा कोहलपुर नगर प्रमुख पूर्ण प्रसाद आचार्यले अस्पतालका आधिकारिक प्रतिनिधि सम्झौताका लागि नआएपछि आमा सुरक्षा कार्यक्रमको सेवा प्रभावित हुन नदिन विकल्प तयार गरिरहेको जानकारी दिएका छन् ।

‘अबदेखि गर्भवति भएको महिनादेखि नै स्वास्थ्य निगरानी बढाउने, जटिल बाहेकका सामान्य गर्भवतीलाई कोहलपुर नगर अस्पतालमा सुत्केरी गराउने, आमा सुरक्षा कार्यक्रममा उपचार गराउन चाहनेलाई भेरी अस्पताल नेपालगन्जमा नगरपालिकाको एम्बुलेन्सद्वारा पठाउने र उपचारपछि घरसम्म
पुर्याउने व्यवस्था मिलाउँछौं’, नगर प्रमुख आचार्यले भने, ‘भेरी अस्पताल नेपालगन्जमा सहजीकरणका लागि आलोपालो २४सै घण्टा कर्मचारी खटाउने, निजी अस्पतालमा उपचार गराउन चाहने गर्भवतिलाई अस्पतालसम्म पुर्याउने तयारी भैरहेको छ ।’

‘नगर क्षेत्रमा रहेका स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी, कर्मचारीलाई गर्भवतीको अवस्था र उपचारमा विशेष ध्यान दिनका लागि गर्भवती संख्या अनुसार जिम्मेवारी दिनेछौं’, उनले भने ।

अस्पतालले भने विगत २० वर्ष देखि बिना अवरोध संचालन गर्दै आएको र त्यसबाट सेवाग्राहीले लाभ समेत लिइरहेको सूचना जारी गर्दै भनेको छ, ‘आमा सुरक्षा कार्यक्रम संचालन गर्न स्थानीय सरकारको समन्वयमा कोहलपुर नगरपालिकासंग सम्झौता गरी आ.व. २०८२÷२०८३ मा यस सेवालाई निरन्तरताको लागि अनुरोध भइसकेकोमा हालसम्म कोहलपुर नगर पालिकाबाट सम्झौता भई नसकेकोले यही २०८२ श्रावण १ गते देखि यस शिक्षण अपतालबाट उक्त सेवा दिन नसकिने व्यहोरा यहांहरू समक्ष जानकारी गराउन चाहन्छौं ।’

अस्पतालले अर्को व्यवस्था नभएसम्मका लागि आमा सुरक्षा कार्यक्रम अन्तर्गत सेवा प्राप्त गर्ने सेवाग्राहीहरूका लागि चाहिने आवश्यक कागजात पेश गरेमा अस्पतालको दर रेटमा विशेष छुट दिने व्यवस्था गरिएको समेत सूचनामा उल्लेख गर्यो ।

अस्पतालले आमा सुरक्षा कार्यक्रम एकाएक स्थगित गरेपछि कोहलपुर नगरपालिकाप्रति प्रश्न तेर्सिएको छ ।

कोहलपुर नगरप्रमुख आचार्यको व्यक्तिगत हठका कारण आमा सुरक्षा कार्यक्रमबाट नगरपालिका बाहिरिएको टिप्पणी भएपछि शुक्रबार कोहलपुर नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख आचार्यले आफ्ना धारणा मात्रै सार्वजनिक गरेनन् अस्पताल प्रति विभिन्न प्रश्न उठाउँदै आमा सुरक्षा कार्यक्रममा विभिन्न विकल्प काम गरिररहेको र तयारी भैरहेको समेत जानकारी दिए ।

कोहलपुर नगरपालिकाका प्रमुख आचार्यले अस्पतालले असार १३ गते कार्यालय सहायकबाट पत्र पठाएको जानकारी दिंदै त्यसअघि अन्य निकायबाट लिनुपर्ने सिफारिस तथा प्रक्रिया पूरा नगरेको बताए । उनले नगरपालिकाले अस्पतालसँग सम्झौताका लागि तयार रहेपनि अस्पतालबाट सम्झौताका लागि आधिकारिक प्रतिनिधि नै सम्झौताका लागि छलफल गर्न उपस्थित नभएको जानकारी दिए ।

‘कहिले कार्यालय सहायक त कहिले सुरक्षाकर्मी अस्पतालले पठाउने गर्यो’, उनले भने, ‘आमा सुरक्षा कार्यक्रम गम्भीर विषय हो, त्यसमा छलफल नगरी आधिकारिक हस्ताक्षर सहित सम्झौता कसरी हुनसक्छ ?’ ‘आमा सुरक्षा कार्यक्रम सञ्चालन स्वीकृत प्राप्त नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले आमा तथा नवजात शिशु सुरुक्षा कार्यक्रम निर्देशिका २०७८ को परिच्छेद ६ अनुसार कम्तीमा तीन महिना अगावै कार्यक्रम नवीकरणका लागि अनुसूची १३ बमोजिम दस्तावेजसहित स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखामा निवेदन पेश गर्नुपर्ने उल्लेख छ’, नगर प्रमुख आचार्यले अस्पतालले उक्त विषयलाई पुरै वेवास्ता गरेको दाबी गर्दै भने, ‘निर्देशिका अनुसार निवेदन प्राप्त भएको ३५ दिनभित्र अनुगमन गरि प्रतिवेदन पेश गरेको १ महिनाभित्र नवीकरण गर्नुपर्नेमा अस्पतालले यो सबै प्रक्रियालाई मिचेर मिति २०८२ साल असार १३ गतेमात्रै कोहलपुर नगरपालिकालाई नवीकरण सम्झौताका लागि पत्र पठाएको जानकारी गराइन्छ ।’

स्थानीय सरकारले नवीकरण प्रक्रिया प्रारम्भ गर्नु अगावै मेडिकल कलेजले मिति २०८२ असार ३२ गते आफैले सार्वजनिक सूचना निकालेर मिति २०८२ साउन १ गतेदेखि आमा सुरक्षा कार्यक्रम (प्रसूति सेवा) स्थगन गरेर नागरिकप्रति अत्यन्तै अमानवीय व्यवहार प्रदर्शन गरेको हामीलाई महसुस भएको नगर प्रमुख आचार्यले बताए ।

कोहलपुर नगरपालिकाले आमा सुरक्षा कार्यक्रम सञ्चालन स्वीकृत प्राप्त नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले प्रभावकारी सेवा प्रवाह नगरेका कारण तत्कालका लागि सम्झौता नवीकरण नगरिएको स्पष्ट पारेको छ ।
‘आमा सुरक्षा कार्यक्रम लागु हुँदा पनि अस्पताल पुग्ने सुत्केरीले पैसा नतिरि निस्किएका छैनन्’, नगर प्रमुख आचार्यले भने, ‘अस्पतालले सेवा शुल्क ३ सय प्रतिशत सम्म बढाएको छ, हामीसँग धेरै गुनासो आएको छ ।’

कोहलपुर नगरपालिकाका कारण आमा सुरक्षा (प्रसूति सेवा) कार्यक्रम स्थगन गर्नु परेको मेडिकल कलेजको भनाइमा कुनै सत्यता नभएको भन्दै कोहलपुर नगरपालिकाले निःशुल्क प्रवाह गर्नुपर्ने आमा सुरक्षा कार्यक्रममा समेत शुल्क लिएको गुनासो आएपछि नवीकरणमा पुनःविचार गर्नुपर्ने अवस्था आएको जनाएको छ ।

नवजात शिशु सुरक्षा कार्यक्रमका लागि सम्झौता गरि कार्यान्वयन गर्ने, अस्पताल स्थापना हुँदाका बखत गरिएका सम्झौताहरू पूर्णरूपमा कार्यान्वयन गर्ने, औषधिजन्य फोहोर उचित व्यवस्थापन गर्ने लगायतका विषयमा अस्पताल प्रतिवद्ध भए आमा सुरक्षा कार्यक्रमको सम्झौता नवीकरणमा पुनःविचार गर्न सकिने समेत नगर प्रमुख आचार्यले बताए ।

Previous Post

बाँकेमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

Next Post

‘सी क्वालिफायर’मा जाँदै नेपालगन्ज स्पोटिज्

Next Post
विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

‘सी क्वालिफायर’मा जाँदै नेपालगन्ज स्पोटिज्

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आजको मौसमः हल्का वर्षाको सम्भावना

देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना

April 28, 2026
भेरी अस्पतालमा तनाव, सेवा प्रभावित

भेरी अस्पतालमा तनाव, सेवा प्रभावित

April 28, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

इरानको प्रस्तावमा ट्रम्प असन्तुष्ट

April 28, 2026
राँझा विमानस्थल मा हवाई यात्रुलाई सहज बनाउन निःशुल्क “सटल बस “सेवा सुरु

राँझा विमानस्थल मा हवाई यात्रुलाई सहज बनाउन निःशुल्क “सटल बस “सेवा सुरु

April 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version