For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 1, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज News

‘सुशासनको पाटोलाई दृढताका साथ अघि बढाएका छौं’: मुख्यमन्त्री आचार्य

byDainik Nepalgunj
July 24, 2025
in News, मुख्य समाचार
0 0
0
को हुन् लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य ?
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक वर्षे उपलब्धिहरुको विवरण सार्वजनिक गर्नु भएको छ । राप्ती उपत्यका देउखुरीमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरेर मुख्यमन्त्री आचार्यले उपलब्धिहरुको विवरण सार्वजनिक गर्दै प्रदेश सरकार संघीय संरचनाको अपरिहार्य तहका रूपमा विकास हुँदै गएको स्पष्ट पार्नु भएको हो ।

‘सुशासनलाई केन्द्रविन्दुमा राख्दै हामीले पाँच वर्षे रणनीतिक योजना तयार पारेका छौं, जसअनुसार राजस्व वृद्धि, पुँजीगत खर्चमा सुधार, र प्रशासनिक कार्यसम्पादनमा उल्लेखनीय प्रगति भएको छ,’ मुख्यमन्त्रीले भन्नुभयो–‘सुशासनको पाटोलाई दृढताका साथ अघि बढाइनेछ ।’
उहाँका अनुसार चालू खर्च कटौती गर्दै पुँजीगत खर्च बढाउने रणनीति प्रभावकारी रूपमा कार्यान्वयन भएको छ । कर्मचारी व्यवस्थापन, मन्त्रालय र मातहतका कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कन र अनुगमनका लागि ‘मुख्यमन्त्री ड्यासबोर्ड’ स्थापना गरिएको छ, जसबाट नीतिगत तथा कार्यान्वयन पक्षमा नियमित अनुगमन हुने व्यवस्था मिलाइएको छ ।

प्रदेश सभाका सभामुख तुलाराम घर्तिमगरले कानुन निर्माणमा लुम्बिनी प्रदेशले उल्लेखनीय सफलता हासिल गरेको बताउनु भएको छ ।‘जनताले मूल्यांकन गर्न सक्ने गरी पारदर्शी ढंगले काम भएको छ । अब बाँकी रहेका सामाजिक न्यायसँग सम्बन्धित ऐनहरू यसै अधिवेशनमा पेस गरेर पारित गरिनेछ,’ सभामुखले घर्तिमगरले भन्नुभयो,‘जनताको भावना र पहिचानसँग जोडिएका सम्पदाहरूको संरक्षण, सम्वद्र्धन र कार्यान्वयनको दिशामा सरकार संवेदनशील भएर अगाडि बढ्नुपर्छ ।’

सरकार गठन भएको एक बर्षको अवधिमा प्रदेश सरकारले ७६ बुदे उपलब्धि सार्वजनिक गरेको हो । संघीयताको संस्थागत अभ्यासमा लुम्बिनी प्रदेशले अग्रणी भूमिका खेलेको छ । सरकार जनताका लागि देखिने, भेटिने र सुनिने बनोस् भन्ने उद्देश्यका साथ सञ्चालन गरिएको नीति तथा कार्यक्रमहरूले प्रदेशलाई संघीय अभ्यासको ‘मोडेल’ प्रदेशको रूपमा उभ्याउने प्रयास गरेका छन् । प्रमुख सचिव वावुराम अधिकारीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव इश्वरराज पौडेलले एक बर्षे उपलब्धिहरुको विवरण प्रस्तुत गर्नु भएको थियो भने सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा(रोज राणा)ले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण मुख्यमन्त्री कार्यालयका सचिव कविन्द्र नेपालले गर्नु भएको थियो ।

मुख्यमन्त्री ड्यासवोर्ड, किसान एप र अभौतिक सांस्कृतिक सम्पदाको विमोचन

प्रदेश सरकारले मुख्यमन्त्री ड्यासवोर्ड स्थापना गरेको छ । मन्त्रालय र सरकारकार विभिन्न निकाय तथा कार्यालयबाट सम्पादन हुने कामहरुको अनुगमन गर्न मुख्यमन्त्री ड्यासवोर्डको मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नु भएको छ । यस्तै मुख्यमन्त्री आचार्य र उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले संयुक्तरुपमा अभौतिक सांस्कृतिक सम्पदाहरुको पुस्तवक विमोचन गर्नु भएको छ । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले उक्त पुस्तक प्रकाशन गरेको हो । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले कृषि एपको समुद्घाटन गर्नु भएको छ । मुख्यमन्त्री ड्यास वोर्ड र किसान एप प्रदेश सूचना तथा संचार प्रविधि प्रतिष्ठान लुम्बिनीले तयार पारेको हो ।

यस्ता छन् उपलब्धि
लुम्बिनी प्रदेश सरकारले संघीयताको मर्मअनुसार प्रदेश संरचनाको औचित्य प्रमाणित गर्न नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकार संवैधानिक र कानूनि सुधारहरु, सुशासन र पारदर्शीता, विकास परियोजना, वित्तिय प्रवन्ध, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा, कृषि र रोजगार, पयर्टन, संस्कृती र वातावरण एवम् जनतासंगको संवादको काममा सक्रिय छ ।

संघीयताको सबलीकरण र प्रदेशलाई सक्षम बनाउन शासकीय सुधार, नीति तथा कानुन निर्माणसँगै त्यसको कार्यान्वयनमा लुम्बिनी प्रदेश सरकारले सफलता हासिल गरिरहेको छ । प्रदेश वासिको विकासको तिब्र चाहनालाई सम्बोधन गर्दै प्रदेश सरकारले आफूलाई जनताको भरोसाको रूपमा स्थापित गर्न सक्षम हुदै गएको छ ।

यो अवधिमा सरकारले आफ्ना कामहरू जनस्तरमा पु¥याउँदै विकासप्रतिको नागरिकको अपेक्षा सम्वोधन गर्न सफल भएको छ । बारम्बार सरकार परिवर्तन हुने जोखिमलाई अन्त्य गर्दै सुशासन, पारदर्शिता र जवाफदेहितालाई नागरिकस्तरमा अनुभूत गराउन प्रदेश सरकारले अहम भूमिका निर्वाहगरिरहेको छ ।समाजमा व्याप्त निराशा, असन्तुष्टि र सामाजिक अराजकतालाई परास्त गर्दै वर्तमान सरकारले सुशासन प्रवद्र्धन र भ्रष्टाचार न्यूनीकरणमा महत्वपूर्ण आधार तयार पारेको छ ।
सरकारले भ्रष्टाचार नियन्त्रण सम्वन्धमापाँचवर्षे रणनीतिक योजना तयार गरी कार्यान्वयनमा ल्याएको छ । जुन अन्य प्रदेशहरुका लागि समेत अनुकरणीय बिषय हो । यस अवधिमा मन्त्रिपरिषद्को २६ बैठकहरू सम्पन्न भई १११ निर्णयहरू लिएर प्रदेश सरकारको कामलाई गति दिएको छ । चालु खर्चलाई घटाउदै विकास खर्चलाई बढाउदै लैजाने सन्दर्भमा अनावश्यक चालु खर्च न्यून गर्दै लगिएको छ भने पूर्व बिशिष्ट श्रेणीका पदाधिकारीलाई दिदै आएको सेवा सुविधा समेत कटौती गरिएको छ । मुख्यमन्त्री र मन्त्रिहरूले पालना गर्नुपर्ने आचारसंहिता जारी गरी कार्यान्वयनमा ल्याइएको छ ।

प्रदेश सरकारको खर्च गर्ने क्षमता निरन्तर बढ्दै गइरहेको छ । आर्थिक वर्ष २०८०्०८१ मा कुल खर्च ६६.१४% बाट बढेर आर्थिक वर्ष २०८१्८२ मा करिब ६% ले वृद्धि भई ७२.०९% पुगेको छ । प्रदेशको आम्दानी क्रमस बढ्दै गइरहेको छ । प्रदेश सरकारले गरेको नीतिगत सुधार एवम् प्रभावकारी अनुगमनको कारण प्रदेशको आन्तरिक आम्दानी बढ्दै गएको छ । अघिल्लो बर्षको तुलनामा आर्थिक बर्ष २०८१्०८२ मा साढे एक अर्ब आन्तरिक राजश्व बढेको छ । अघिल्लो बर्ष साढे ४ अर्ब राजश्व संकलन भएकोमा एक बर्षको अवधिमा बृद्धि भएर ५ अर्ब ६४ करोड राजश्व संकलन भएको हो ।

जनशक्तिको व्यवस्थापनका लागि प्रदेश निजामती सेवा ऐन र स्थानीय निजामती सेवा ऐन निर्माण गरी कार्यान्वयन गरिएको छ, जसले जनशक्ति व्यवस्थापनको कानूनी आधार तयार हुनुको साथै कर्मचारीको मनोबल वृद्धि गर्न मद्दत पुगेको छ । कानून निर्माणमा समेत प्रदेश सरकार क्रियासिल रहेको छ । गत एक बर्ष अवधिमा ७ वटा ऐन, ४ वटा नियमावली, ४ वटा कार्यविधि तथा निर्देशिका तयार भई लागू भएका छन् ।

गौरवका आयोजनाको फड्को

प्रदेशका गौरवका आयोजना लगायत प्रदेश स्तरीय अन्य योजना तथा कार्यबाट स्वास्थ्य, शिक्षा, प्रशासनिक सुधार र सडक सञ्जालमा उल्लेखनीय प्रगति हाँसिल भएको छ । लुम्बिनी प्रादेशिक अस्पताललाई देशकै नमुना अस्पताल बनाउने लक्ष्यका साथ १२ तले, एक हजार दुई शैयाको अस्पताल निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ । हाल सम्म २७ प्रतिशत भौतिक प्रगती हाँसिल भइसकेको उक्त अस्पतालपाँच वर्षभित्र पूर्ण रुपमा सञ्चालनमा ल्याउने योजनाका साथ प्रदेश सरकार अघि बढिरहेका छ । करिब ६ अर्ब १८ करोड रुपैयाँ लागतमा २०८५ सालको पुस महिनासम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित कार्यारम्भ भएको छ । शिलान्यासपछि एक वर्षको अवधिमा भौतिक प्रगति २७ प्रतिशत पुगेको छ, जुन उत्साहजनक हो ।

यो अस्पतालले नेपालकै उत्कृष्ट भौतिक पूर्वाधारसहित अत्याधुनिक सेवा सुलभ मूल्यमा उपलब्ध गराउने लक्ष्य राखेको छ । साथै, यो आयोजनाले बुटवल–भैरहवा क्षेत्रलाई समग्र आर्थिक केन्द्र (हव) को रूपमा विकास गर्न योगदान दिने विश्वास सरकारले गरेको छ ।

करिब शून्यबाट सुरु भएको पदेश राजधानीको एकै परिसरमा प्रदेश सरकार र प्रदेश सभाको कार्य सञ्चालन भइरहेका छ । प्रदेशको आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवनहरु निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अहिले सम्म ८० प्रतिशत भौतिक प्रगती हाँसिल भएको छ । नदी सभ्यतामा आधारित व्यवस्थित राजधानी शहरको निर्माण कार्य समेत अघि बढिरहेको छ । राजधानी विकास अन्तर्गत नयाँ बस्ती क्षेत्रमा १५० विघा क्षेत्रफलमा ल्याण्डपुलिङ्ग अवधारणामा आयोजना सुरु हुने तयारीमा छ । त्यस्तै, मलमला क्षेत्रमा पनि १५० विघा क्षेत्रफलमा बहुवर्षीय योजना अन्तर्गत आयोजना स्वीकृत गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

शैक्षिक क्षेत्रमा प्राविधिक शिक्षालाई प्राथमिकता दिँदै बाँकेमा प्राविधिक विश्वविद्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको छ भने विद्यार्थीहरूको संख्यामा समेत बृद्धि हुदै गएको छ । हाल विभिन्न संकायमा २१० विद्यार्थी अध्ययनरत छन् । सूचना प्रविधिको विकाससँगै प्राविधिक बिषयमा विद्यार्थीहरूको रुचि बढेको छ । प्रदेशले लुम्बिनीलाई प्राविधिक शिक्षाको केन्द्र बनाउने उद्देश्यसहित लुम्बिनी प्राविधिक विश्वविद्यालय सञ्चालनमा ल्याएको हो । अघिल्लो वर्ष ३३ जना विद्यार्थी भर्ना भएका थिए भने यो एक बर्षको अवधिमा यो संख्या २१० जना पुगेको छ ।

सडक पूर्वाधार विकासमा प्रदेश सरकार योजनावद्ध हिसावले अगाडि बढीरहेको छ । रामपुर–कपुरकोट सडकलाई प्राथमिकतामा राखेर प्रदेश गौरवको आयोजनाको रुपमा कार्यान्वयनमा अघि बढाइएकोछ । रामपुर–कपुरकोट सडक आयोजनामा पाल्पा, अर्घाखाँची, प्यूठान र रोल्पा जिल्लामा कालोपत्रे, सडक स्तरोन्नति र संरचना निर्माणमा महत्वपूर्ण प्रगति हासिल भएको छ । हालसम्म कुल ४४.४० कि.मि. सडक कालोपत्रे सम्पन्न, ३.८ कि.मि. ग्राभेल सडक सम्पन्न भएको र २१.१५ कि.मि. सडक कालोपत्रे गर्ने तयारीमा रहेको छ ।

सडक गुरुयोजना

प्रदेश सडक सञ्जाल गुरुयोजना निर्माणगरी कार्यान्वयमा ल्याइएको छ, जस अन्तरगत १५ वटा लोकमार्ग र ५८२ वटा प्रादेशिक सडक समेटिएका छन् । यस अवधिमा १६५ किलोमिटर कालोपत्रे, ३४ किलोमिटर ढलान, १६७ किलोमिटर ग्राभेल र १२३ किलोमिटर कच्चि सडक निर्माण सम्पन्न भएको छ । ३५ वटा मोटरेवल पुल र १७ वटा झोलुङ्गे पुलहरू पनि बनेका छन् । यी पूर्वाधारबाट करिब ३० लाख जनसंख्या प्रत्यक्ष लाभ पुगेको छभने १६ हजार बढीले वर्षैभरि रोजगारि पाएका छन् । विकास व्यवस्थापनको कामलाई सरकारले सुधार गर्न आयोजना बैंक कार्यान्वनयमा ल्याउने र विकास ऐन निर्माण गरि कार्यान्वयनमा ल्याउनेगरि प्रदेश सरकार अघि बढीरहेको छ ।

खानेपानी, कृषि, सामाजिक क्षेत्रमा तिब्र विकास

खानेपानी तर्फ ८६ प्रतिशत नागरिकलाई आधारभूत सेवा पुगेको छ । एक वर्षमा १३६ खानेपानी आयोजना सम्पन्न भई १८ हजार ८ सय ७० घरधुरी लाभान्वित भएका छन् । प्रदेश स्थापनादेखि हालसम्म ६ सय ६६ आयोजना सम्पन्न भई १ लाख ८२ हजार ८ सय ८१ घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध भएको छ ।

कृषि क्षेत्रमा पूर्ण यान्त्रीकरण एवम् व्यवसायीकरणलाई प्रदेश सरकारले प्राथमिकता दिएको छ ।सिंचाइ सुविधा विस्तारमा ठूलो प्रगति भएको छ । ९ सय७२ साना सिंचाइ आयोजना सम्पन्न भई ८३८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको छ । विभिन्न कृषिजन्य उत्पादन र पशुपालनमा बिशिष्ट कार्यक्रमहरू कार्यान्वयन भएका छन् । गुणस्तरीय बीउ उत्पादन र वितरणलाई उच्चप्राथमिकतामा राखिएको छ । शुलभ कर्जा तथा व्याज अनुदान कार्यक्रमबाट कृषकहरूलाई आर्थिक सहयोग गरिएको छ । केही बर्षमा लुम्बिनी प्रदेशलाई पूर्ण अर्गानिक प्रदेश बनाउनेगरी सरकारले प्राथमिकताका साथ कार्यक्रम सुरु गरेको छ ।

सामाजिक विकासमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान आरम्भ गरिएको छ । प्रदेश सरकारको सहयोगबाट ५ हजार ८ सय विद्यालय र १२ लाख ८८ हजार विद्यार्थीहरूलाई सेवा प्रदान गरिएको छ । एसईई नतिजा सुधारमा समेत उल्लेखनीय प्रगति भएको छ । २०८० मा ३७ प्रतिशत नतिजा रहेकोमा २०८१ को परिक्षामा २५ प्रतिशतले नतिजा सुधार भई उत्तिर्ण प्रतिशत ६२ पुगेको छ ।

२० वटा सामुदायिक विद्यालयमा विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको छ । प्रदेशभरका ६ हजार ४ सय ९० जना लक्षित वर्गका बालबालिकालाई छात्रवृत्ति प्रदान गरिएको छ । सिमान्तकृत, दलित, मुक्त कमैया, कम्लहरी, अपाङ्गता भएका विद्यार्थीहरू तथा कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्तिबाट लाभान्वित बनाइएको प्रदेश सरकारको शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । प्रदेशले १ हजार ७ सय १० जनालाई व्यावसायिक तथा सीपमूलक तालिम पनि प्रदान गरेको छ । प्रदेशमा एक बर्षको अवधिमा ३९० नयाँ कक्षाकोठा निर्माण गरिएको छ । ५० वटा विद्यालयमा शौचालय निर्माण गरिएको छ । १२ वटा आईसिटी ल्याव र ११ वटा विज्ञान प्रयोगशाला निर्माण गरिएको हो ।

स्वास्थ्यमा नवीनतम योजना

स्वास्थ्य क्षेत्रमा मातृ मृत्युदर, बाल मृत्युदर, कुपोषण लगायतका समस्यालाई सम्बोधन गर्न पोषण विशेष कार्यक्रम सञ्चालन भइरहेको छ । क्यान्सर, मुटु भल्भ फेर्न र मृगौला प्रत्यारोपणजस्ता उपचारमा विशेष आर्थिक सुविधा प्रदान गरिएको छ । मानसिक स्वास्थ्य योजना स्वीकृत गरि कार्यान्वयनमा ल्याइएको छ भने मृगौलाको डायलासिस सेवा विस्तार भएको छ । ३ हजार ८ सय ५१ जना जटिल रोगबाट पीडित बिरामीलाई आर्थिक सहायता प्रदान गरिएको छ । आर्थिक अवस्था कमजोर भएका बिरामीलाई लक्षित गरी उपलब्ध गराइएको यो सहायता उपचारको पहुँच विस्तारमा महत्वपूर्ण रहेको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, ८० वर्षभन्दा माथिका ३९ हजार १ सय ७५ जना ज्येष्ठ नागरिकलाई घरमै गएर स्वास्थ्य सेवा प्रदान गरिएको छ । मोबाइल स्वास्थ्य सेवा टोलीमार्फत वृद्धवृद्धाहरूलाई सहज रूपमा घरमै स्वास्थ्य परीक्षण तथा परामर्श उपलब्ध गराइएको हो । प्रदेशभरका सामुदायिक विद्यालयमा अध्ययनरत ५२ हजार ४ सय ६५ जना किशोरीहरूको रक्त परीक्षण गर्दा ४१ प्रतिशतमा रक्तअल्पता (एनिमिया) देखिएको पाइएको छ । यसपछि आइरन र फोलिक एसिड वितरणलाई पुनः सशक्त बनाउँदै आवश्यक औषधीउपचारको व्यवस्था गरिएको छ ।

यसैबीच, बालस्वास्थ्य क्षेत्रमा पनि ठोस उपलब्धि हासिल भएको छ । ७५ हजार ६ सय ३५ जना बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको छ । नियमित खोप अभियानमार्फत बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गरिनुका साथै खोप कार्यक्रमको प्रभावकारिता अझ मजबुत भएको जनाइएको छ ।

खेलकुद, विपद् व्यवस्थापन, पर्यटनमा पनि प्राथमिकता

युवा तथा खेलकुद क्षेत्रमा उजिरसिंह रंगशाला निर्माण प्रक्रियालाई अघि बढाइएको छ । प्रदेशस्तरीय खेलकुद प्रतियोगिताहरू सफलतापूर्वक सञ्चालन गरिएका छन् । लुम्बिनी प्रदेशबाट १७ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाइएको छ । ती प्रतियोगितामा पदक जित्ने १७ जना खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गरिएको छ ।
केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेशले यस वर्ष तृतीय स्थान प्राप्त गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेको छ । गत वर्ष प्रदेशले सो प्रतियोगितामा पाँचौं स्थान प्राप्त गरेको थियो । त्यस्तै, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने १४८ जना खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई सम्मान गरिएको छ । त्यसबाहेक, केन्द्रिय राष्ट्रपति रनिङ शिल्डमा ११५ जना खेलाडी, प्रशिक्षक र व्यवस्थापक सहभागी थिए । विपद् व्यवस्थापनमा राहत स्वरूप १ करोड २२ लाख ७७ हजार र पुनर्निर्माणमा ९३ लाख १५ हजार बराबरको सहयोग वितरण गरिएको छ । प्रदेशको आफ्नै क्लाउड र डिजास्टर रिकभरी सेवा विस्तारगरी कार्यान्वयनमा ल्याइएको छ ।

सञ्चार क्षेत्रमा पत्रकार दुर्घटना बीमा, छात्रवृत्ति र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको छ । शान्ति सुरक्षा तर्फ स्वचालित नम्बर प्लेट पहिचान प्रणाली, ड्रोन क्यामरा, वाक थ्रु गेट खरिद गरी ट्राफिक व्यवस्थापन सुदृढ पारिएको छ । दमकल २ वटा खरिद गरेर आगलागी जन्य विपद् व्यवस्थापनमाप्रदेश सरकारले आफ्नो भूमिका बढाएको छ ।

७ हजार बढी व्यवसाय दर्ता

उद्योग, पर्यटन तथा यातायात तर्फ एक बर्षको अवधिमा एक बर्षमा उद्योग र वाणिज्य फर्म दर्ता ७ हजार ७ सय ८९ वटा उद्योग तथा फर्म दर्ता भएको प्रदेश सरकारले जनाएको छ । यसले निजी क्षेत्रको विकास र रोजगारी सिर्जनामा सकारात्मक संकेत देखाएको छ ।

प्रदेशभर विभिन्न स्थानमा १०५ वटा व्यावसायिक तथा सीपमूलक तालिम सञ्चालन गरी २ हजार १ सय ८९ जनालाई आत्मनिर्भर र स्वरोजगारमुखी बनाइएको छ । त्यस्तै, गत वर्षका ४६५ जना र यस वर्षका १९७ जना, गरी कुल ६६२ जनालाई प्राविधिक तथा व्यावसायिक तालिम परिषद्बाट सीप परीक्षण गराई प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रदेश सरकारले उपभोक्ता तथा नागरिक सचेतनालाई पनि प्राथमिकतामा राख्दै ८ हजार ७ सय १६ जना विद्यार्थीलाई उपभोक्ता सचेतना कार्यक्रममा सहभागी गराएको छ । त्यसैगरी, ३ हजार ५ सय २८ जना विद्यार्थी तथा नागरिकलाई ट्राफिक नियम तथा दुर्घटना न्यूनीकरणसम्बन्धी चेतनामूलक कार्यक्रममा सहभागी गराइएको छ । प्रदेश सरकारले जनतालाई आत्मनिर्भर, उद्यमशील र सचेत नागरिक बनाउँदै समावेशी आर्थिक वृद्धि र सुरक्षित सामाजिक वातावरण निर्माणतर्फ दृढता देखाएको छ । उद्योग व्यवसायीलाई प्रवद्र्धन गर्न विभिन्न छुट सुविधा सहित प्रदेशमा लगानीको वातागरण सृजना गर्दै लगिएको छ ।

‘घुम्न जाउँ बर्दिया’ कार्यक्रम, शालिग्राम महोत्सव र पाणिनी सम्मेलन सम्पन्न गरी लुम्बिनी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसारमा सहयोग पु¥याइएको छ । यसबाट लुम्बिनी प्रदेश भ्रमण गर्न आउने पर्यटकहरुको संख्यामा बृद्धि भएको छ । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकासकालागि प्रदेशको भूमिका बढाउन लुम्बिनी विकास प्राधिकरण गठनलाई सरकारले प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले सवारी साधन नवीकरण गर्दा लाग्ने जरिवानामा ७५ प्रतिशत छुट दिई ६ महिना भित्रमा सबै सवारी साधन नवीकरण हुने व्यवस्था मिलाइएको छ ।

वन समृद्धिको आधार

लुम्बिनी प्रदेश सरकारले कुल भू–भागको करिब ४३.७२ प्रतिशत क्षेत्र ओगटेको वन क्षेत्रलाई रोजगारी र आर्थिक समृद्धिको स्रोत बनाउने नीति अनुसार वन व्यवस्थापनका कार्यक्रमहरू प्रभावकारी ढंगले कार्यान्वयन गर्दै आएको छ । एक बर्षको अवधिमा वन क्षेत्रको संरक्षण, उपयोग र व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय प्रगति देखिएको छ । वन सम्बद्र्धन प्रणालीमा आधारित व्यवस्थापन १ लाख २१ हजार ४ सय ८५ हेक्टर क्षेत्रमा विस्तार गरिएको छ ।
वन्यजन्तुको आक्रमणबाट भएको क्षति न्यूनीकरण तथा राहत व्यवस्थापनका लागि १ करोड १६ लाख ३७ हजार ८ सय ५२ रुपैयाँ वितरण गरिएको छ ।

बर्दिया जिल्लाको मधुवन नगरपालिका–१, २ र ३ नम्बर वडाका ६ हजार ७ सय ५६ घरधुरीलाई २ लाखको दरले सामूहिक जीवन बीमा गरिएको छ, जसले वन्यजन्तुसँगको द्वन्द्व व्यवस्थापनमा राहत प्रदान गर्ने अपेक्षा गरिएको छ । बन डढेलो नियन्त्रण तथा सतर्कताका लागि पूर्वतयारी स्वरूप यस वर्ष १०८ किलोमिटर फायर लाइन निर्माण गरिएको छ । साथै, ४०२ जना मौसमी हेरालु नियुक्त गरिएका छन् । बन डढेलोको समयमा प्रभावकारी प्रतिकार र समन्वयका लागि १३९ वटा बन डढेलो सञ्जाल स्थापना गरिएको छ । वन क्षेत्रबाट प्राप्त रोयल्टी गत वर्षको तुलनामा १४६.८८ प्रतिशतले वृद्धि भएको छ । यसले वन स्रोतको आर्थिक उपयोगमा प्रदेश सरकारको दृष्टिकोण परिणाममुखी बन्दै गएको संकेत गरेको छ ।

Previous Post

बहुगुणी अमला फाईदै फाइदा

Next Post

मागका बेला मल अभाव

Next Post
मागका बेला मल अभाव

मागका बेला मल अभाव

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

थप १९ चिकित्सकको लाइसेन्स खारेज

May 1, 2026
सीमा सुरक्षादेखि ‘डिजिटल’रूपान्तरणमा सशस्त्र प्रहरी

सीमा सुरक्षादेखि ‘डिजिटल’रूपान्तरणमा सशस्त्र प्रहरी

May 1, 2026
वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन जारी

वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन जारी

May 1, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

May 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version