२०७९ असार२७ मा स्थापना भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयमा हाल १ सय ९८ जना विद्यार्थी रहेका छन् । वि.सं. २०८० मा बिटेक इन सिएस एण्ड एआइमा १६ रबिटेक इन आइटीमा १४ विद्यार्थी भर्ना गरी अध्यापन सुरु गरेको विश्वविद्यालयमा विद्यार्थी संख्या बढ्दै गएका छन् ।
तर, विश्वविद्यालयको पछिल्लो पटक विद्यार्थीहरूको नतिजा कमजोररहँदा त्यसको आलोचना भैरहेको छ । विश्वविद्यालयले सुरुवातमा रहेकाले सेलेक्टिभ भन्दा कलेक्टिभ विद्यार्थी भर्ना गर्दा नतिजा कमजोरभएको सम्भावना औंल्याएको छ । ‘हामी नतिजाको मूल्यांकन गर्र्दैछौं रआगामी दिनमा नतिजा सुधारमा विशेष ध्यान दिनेछौं’, विश्वविद्यालयका डिन निरज केसीले भने ।
विश्वविद्यालयका रजिष्टाररेग बहादुरभण्डारीले विश्वविद्यालयको लक्ष्य विद्यार्थीहरूलाई प्राविधिक रूपमा दक्ष बनाउने रहेको बताए । ‘नतिजा भन्दा पनि विद्यार्थीलाई सीप सिकाएरदक्ष बनाउने लक्ष्य हो’, उनले भने, ‘केही विषयमा मात्रै नतिजा राम्रो नदेखिएको हो, सुरुवात भएकाले कारणहरू औंल्याउँदै नतिजा सुधारमा लाग्छौं ।’
विश्वविद्यालयले शुक्रबारआयोजना गरेको पत्रकारसम्मेलनमा विश्वविद्यालयका तर्फबाट बोल्ने वक्ताहरूले पछिल्लो नतिजा राम्रो ल्याउन नसक्नुमा लामो समय अध्ययन छाडेका विद्यार्थी भर्ना हुनु, विभिन्न ठाउँमा कार्यरत विद्यार्थी हुँदा अध्ययनमा फोकस नहुनु, विश्वविद्यालयले सेलेक्टिभ भन्दा कलेक्टिभ विद्यार्थी भर्ना हुनु रहेको बताएका थिए ।
छात्रवृत्तिमा लिइँदै भर्ना
नेपालगन्ज स्थित लुम्बिनी प्राविधिक विश्व विद्यालयले स्नातक तहको विभिन्न विषयमा भर्ना खुला गरेको छ ।
विश्वविद्यालयका डिन डा. निरज केसीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी बिटेक इन सिभिल इन्जिनियरिङ्ग दोस्रो ब्याच, बिटेक इन आइटी इन्जिनियरिङ्ग दोस्रो ब्याच, बिटेक इन कम्प्युटर साइन्स एण्ड आर्टिफिसियल इन्टेलिजेन्स तेस्रो ब्याच, बिटेक इन इन्फरमेसन टेक्नोलोजी तेस्रो ब्याचका लागि भर्ना खुला गर्न लागेको जानकारी दिएका हुन् ।
‘आगामी आइतबारदेखि भर्ना खुला हुनेछ’, डिन डा.
केसीले भने । उनले सबै विधामा विद्यार्थीहरुका लागि पूर्ण देखि आंशिक छात्र वृत्तिको व्यवस्था रहेको जानकारी दिए ।
‘सबै कार्यक्रममा ६ जनालाई पूर्ण छात्रवृत्ति, ६ जनालाई ७५ प्रतिशत, ६ जनालाई ५० प्रतिशत, ६ जनालाई २५ प्रतिशत छात्रवृत्तिको
व्यवस्था गरेका छौं’, उनले भने ।































